दिल्लीको जन्तर-मन्तरमा धारा ३७१ एफ निरस्त गर्नुपर्ने माग, सिक्किममा हलचल

IMG_20220909_231858.jpg

नयाँ दिल्ली: राष्ट्रिय राजधानी दिल्लीको जन्तर-मन्तरमा दुईजना व्यक्तिले सिक्किमलाई प्राप्त संविधानको विशेष प्रावधान धारा ३७१एफ निरस्त गर्नु पर्छ भन्ने माग गर्दै उठाएको आवाजले सिक्किममा निकै हलचल मचिएको छ। उक्त दुईजना व्यक्तिले आफुहरू बिहार निवासी रहेको बताएकाले सिक्किममा बसोबास गर्ने बिहारी समुदायका प्रतिनिधिहरूले स्पष्टीकरण दिएका छन्। राजधानी गान्तोक निवासी एक व्यवसायी अनिल गुप्ताले उक्त दुई व्यक्ति को हुन्, कहाँका हुन् र किन यस्तो कुरा गरिरहेका छन् भन्ने कुरामा आफुहरू अनविज्ञ रहेको बताए। सिक्किमका कुनै पनि बिहारी समुदायका संस्थासॅंग उनीहरूको सम्बन्ध नरहेको पनि उनले स्पष्ट पारे। उनले यस्तो माग गर्नुको उद्देश्य र उनीहरूलाई कसले प्रेरित गरे भन्ने कुरा जॉंचपछि थाहा लाग्नेछ भनी बताए।
तर, यहाँ बिहारी समाजको कॉंधमाथि बन्दुक राखेर पड्काउने प्रयास भइरहेको उनले बताए। उनले यस्ता व्यक्तिहरूको उद्देश्य सिक्किमको शान्ति भंग गर्नु रहेको दाबी गरे। सुप्रीम कोर्टले पनि धारा ३७१एफ को सम्मान गरेको छ भन्दै उनले यस्तो नाकट केवल सिक्किमको शान्ति भंग गर्न गरिएको हो भनी बताए। उनले सबैलाई सिक्किम वियलको कथा थाहा छैन, यस कारण सरकारी कार्यालयहरूमा राजाको फोटो राखिनु पर्छ ताकि पुरानो कानून अझै पनि जीवित छ र यसलाई कसैले पनि चलाउन सक्दैन भन्ने सन्देश प्रसार होस् भनी बताए।

About Author

Advertisement