एशियन कुश्ती च्याम्पियनशीपमा दीपक पूनिया र उदितले जिते रजत पदक

IMG-20250331-WA0190

नयाँ दिल्ली: भारतीय पहलवान दीपक पूनियाले एशियन कुश्ती च्याम्पियनशीपमा तेस्रोपल्ट रजत पदक जिते जबकि उदितले लगातार दोस्रोपल्ट दोस्रो स्थानमा रहेर सन्तोष मान्नु पऱ्यो। दीपकले ९२ किग्रा वर्गको फाइनलमा विश्वका नम्बर एक पहलवान अमीरहुसैन बी फिरोजपोरबान्दपेईविरुद्ध तक्निकी श्रेष्ठताको आधारमा हारको सामना गर्नु पऱ्यो। स्वर्ण पदकको बाउटमा ईरानको पहलवान समक्ष दीपकले प्रभावशाली प्रदर्शन गर्न सकेनन्। दीपकले यसअघि सेमिफाइनलमा जापानका ताकाशी इशिगुरोलाई ८-१-ले अनि क्वार्टर फाइनलमा किर्गिस्तानका बेकजात राखिमोवलाई १२-७-ले पराजित गरेका थिए। यो दीपकको एशियन च्याम्पियनशीपमा पाँचौं पदक हो। यसअघि उनी २०२१-मा अल्माटी र २०२२-मा उलानबटोरमा भएको संस्करणको फाइनलमा हारेका थिए। यसबाहेक उनले २०१९ र २०२०-मा काँस्य पदक जितेका थिए।
यसरी उदितले ६१ किग्रा भार वर्गको फाइनलमा जापानका पहलवान ताकारा सूडाविरुद्ध ६-४-ले हारको सामना गर्नु पऱ्यो। उदितले च्याम्पियनशीपमा गत साल पनि रजत पदक जितेका थिए। यसरी भारतका दिनेशले १२५ किग्रा वर्गमा काँस्य पदक जिते। दिनेशले काँस्य पदकको प्लेअफ्-मा तुर्कमेनिस्तानका सापारोव जेडलाई १४-१२-ले पराजित गरे। मुकुल दहिया चाहिँ पदक जित्नदेखि चुके। उनलाई काँस्य पदकको प्लेअफ्-मा जापानका तत्सुया शिराइले ४-२-ले पराजित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement