गुवाहटी: आईपीएल २०२५-को ११औं म्याचमा राजस्थान रोयल्सले ५ पल्टको च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके)-लाई ६ रनले पराजित गऱ्यो। आईपीएलको जारी सीजनमा यो रोयल्सको ३ वटा म्याचमा पहिलो हार अनि सीएसके-को ३ वटा म्याचमा लगातार दोस्रो हार हो। गुवाहटीको बारसापाड़ा क्रिकेट स्टेडियममा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले नितिश राणा (८१ रन)-को अर्द्धशतकीय ईनिंग्सको सहायताले २० ओभरमा ९ विकेट गुमाएर १८२ रन बनायो। रोयल्सको तर्फबाट राणाले ३६ बल खेलेर १० वटा चौका र ५ वटा छक्का लगाए। यसबाहेक कार्यवाहक कप्तान रियान परागले ३७ र नियमित कप्तान सञ्जु सेमसनले २० रनको योगदान दिए। सीएसके-का बलरहरूमा खलील अहमद, नूर अहमद र मथीषा पाथीरानाले २-२ विकेट लिए। त्यसपछि १८३ रनको लक्ष्यलाई अघि राखेर खेल्दै सीएसके-ले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो। कप्तान रुतुराज गायकवाड़ले सर्वाधिक ६३ रन बनाए। उनले ४४ बल खेलेर ७ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक रविन्द्र जडेजाले अविजित ३२ र राहुल त्रिपाठीले २३ रनको योगदान दिए। एमएस धोनी १६ रन बनाएर आउट भए। गायकवाड़लाई छोड़ेर अन्य कसैले पनि परिस्थिति अनुसार ब्याटिंग गर्न नसक्दा सीएसके-ले हारको सामना गर्नु पऱ्यो। आरसीबी-का बलरहरूमा वानिन्दु हसारंगाले सर्वाधिक ४ विकेट लिए।