क्लिन युवर ड्रेन विफोर द रेन नाराका साथ महिनाव्यापी स्वच्छता अभियान शुरू

IMG-20250330-WA0349

गान्तोक: क्लीन युवर ड्रेन बिफोर द रेन नाराका साथ राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा शुरू गरिएको एक महिनाव्यापी व्यापक स्वच्छता अभियान आजदेखि आरम्भ भएको छ। राजधानीस्थित भानुपथदेखि शहरी विकास विभागका मन्त्री भोजराज राईले झोडा नालीहरूको सफाई अभियानमा सहभागी बन्दै यो अभियानको विधिवत रूपमा उद्वघाटन गरे। यस अघि मन्त्री राईले बुडको कम्पनीद्वारा प्रायोजित चारवटा फोहोर बोक्ने वाहनको झण्डा हल्लाएर प्रस्थान गराए। आजको यस सफाई अभियानमा सिक्किम सरकारको ग्राम प्रबन्धन एवं सहकारिता विभागका मन्त्री अरूण उप्रेती, स्वास्थ्य एवं परिवार कल्याण विभागका मन्त्री जीटी ढुङगेल, सडक एवं पुल विभागका मन्त्री एनबी दाहाल, गान्तोक निर्वाचन क्षेत्रका विधायक दिले नामग्याल बर्फुङपा, स्यारी निर्वाचन क्षेत्रका विधायक तेन्जिङ नोर्वु लाम्ठा लगायत अन्यहरू पनि सामेल रहेका थिए। यस अवसरमा मुख्य अतिथि, विशिष्ट अतिथि एवं अधिकारी र कर्मचारीगणले नाली र झोडाहरूको व्यापकरूपमा सफाई गरे। पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री भोजराज राईले मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा यो व्यापक अभियानको शुभारम्भ गरिएको जनाउँदै आगामी मनसुन सत्र भन्दा अघि नै नाला एवं झोडाहरूको सफाई कार्यमा सहभागी बन्न सबैलाई आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement