गरीब जन कल्याण प्रकोष्ठ सिलगढीमा सम्मानित

IMG-20250330-WA0347

गान्तोक: दार्जीलिङ, कालेबुङ, खर्साङ, मिरिक र सिक्किममा सामाजिक सेवा गर्ने संघ संस्थाहरूलाई दैनिक जागरण पत्रिकाद्वारा प्रदान गरिने प्रतिष्ठित ‘द आइकन अफ नर्थ बेङ्गाल’ पुरस्कारमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको भातृ सङ्गठन गरीब जनकल्याण प्रकोष्ठ सम्मानित भएको छ। उक्त कार्यक्रम सिलगढीमा आयोजना गरएको थियो। गरीब जन कल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोले, मुख्य संयोजक मनोज लामा लगायत अन्यहरू पनि उपस्थित थिए। राज्यका राज्यपाल ओमप्रकाश माथुरको बाहुलीबाट उक्त पुरस्कार प्रदान गरियो।
गरीब जनकल्याण प्रकोष्ठको स्थापना सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा भएको हो। प्रकोष्ठले विगत ६ वर्षदेखि राज्यका बिरामीहरूको सेवामा निरन्तर सहयोग गर्दै आइरहेको छ। स्वास्थ्य सेवाका क्षेत्रमा प्रकोष्ठले गरेको योगदानले सिक्किममा मात्र नभई राज्य बाहिर पनि प्रशंसा प्राप्त गरेको छ।

About Author

Advertisement