गान्तोक: लामो समयदेखि पत्रकारिताको क्षेत्रमा योगदान दिँदै आएका तीनजना पत्रकार अनि एकजना सूचना एवं जनसम्पर्क विभागका कर्मचारीलाई मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट वर्ष २०२४ को श्रेष्ठ पत्रकारको रुपमा पुरस्कृत गरियो। पुरस्कृत हुनेहरूमा अङ्ग्रेजी दैनिक सम्मिट टाइम्सका संवाददाता सागर छेत्री, राष्ट्रिय समाचार एजेन्सी हिन्दुस्तान समाचारका सिक्किम ब्यूरो विशाल गुरुङ, साप्ताहिक पत्रिका चेतना-का सम्पादक दीप प्रधान र सूचना एवं जनसम्पर्क विभागका कर्मचारी श्रीमती तिल कुमारी रोका रहेका छन्।
दीप प्रधान सिक्किमका एक वरिष्ठ पत्रकार हुन्। पछिल्ला तीन दशकदेखि उनले समर्पण, निष्ठा र अथक परिश्रमकासाथमा पत्रकारितमा सेवा पुऱ्याउँदै आएका छन्। समाचारपत्रको प्रकाशन एवं सम्पादनको जिम्मेवारी निर्वाह गर्नु कठिन साथै चुनौतिपूर्ण रहे तापनि यनले पत्रकारितालाई पेशागत रूपमा आजसम्म निरन्तरता दिँदै आएका छन्। पत्रकारितासँगै साहित्य विधामा पनि यनले कलम चलाउँदै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गरिरहेका छन्।

यसरी नै पत्रकार सागर छेत्री र विशाल गुरुङले पनि पछिल्ला दुई दशकदेखि पत्रकारिताको सेवा गर्दै आएका छन् भने श्रीमती तिल कुमारी रोकाले १९९० देखि टाइपिस्टको काम गर्दै आएकी छन्।
पुरस्कृत हुने सबै पत्रकारलाई प्रशस्ती पत्र साथै एक-एक लाख रुपियाँ नगद प्रदान गरियो।