एनबीसीसी सिक्किम बस पोर्ट निर्माण गर्न इच्छुक

IMG-20250330-WA0344

गान्तोक: भारत सरकारअधिनस्थ सार्वजनिक क्षेत्र उपक्रम (पीएसयू) राष्ट्रीय भवन निर्माण कम्पनी (एनबीसीसी) ले सिक्किममा बस पोर्ट निर्माण गर्न इच्छा जताएको छ। स्वंय मुख्यमन्त्री प्रेमसिंह तामाङले यसको जानकारी दिएका छन्। मुख्यमन्त्रीले सामाजिक संजालमा बताएअनुसार एनबीसीसी-ले नाम्ले र गान्तोकमा बस पोर्ट निर्माण गर्ने इच्छा जताएको छ। यस सम्बन्धमा एनबीसीसी-को एउटा प्रतिनिधि टोलीले आज साँझ मुख्यमन्त्रीलाई उनको सरकारी आवास मिन्तोकगाङमा भेट गरेको थियो।
मुख्यमन्त्री तामाङसित भेट गर्ने एनबीसीसी-को प्रतिनिधि टोलीलाई नेतृत्व गरेका सहायक महाप्रवन्धक टोलीले पुनर्विकास योजनाहरूको बारेमा विस्तृत प्रस्तुतीकरण दिए। यो पहलले राज्यमा यातायात पूर्वाधार बढाउन, जनताको लागि यात्रालाई अझ सुविधाजनक र कुशल बनाउन महत्वपूर्ण योगदान दिने मुख्यमन्त्रीको भनाइ रहेको छ। यसको निम्ति उनले एनबीसीसी प्रति कृतज्ञता पनि व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement