विशाखापट्टनम: दिल्ली क्यापिटल्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-को दशौं म्याचमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरी यस सीजनमा लगातार दोस्रो जीत दर्ता गऱ्यो। यसको विपरीत सनराइजर्सको यो ३ वटा म्याचमा लगातार दोस्रो हार हो। डा. वाईएस राजशेखरा रेड्डी एसीए-भीडीसीए क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै सनराइजर्स १८.४ ओभरमा १६३ रन बनाएर अलआउट भयो। त्यसपछि दिल्ली क्यापिटल्सले १६ ओभरमै ३ विकेटमा १६६ रन बनाएर म्याच जित्यो। दिल्ली क्यापिटल्सको निम्ति आज जेक फ्रेसर-म्याकगर्क र फाफ डू प्लेसिसको ओपनिंग जोड़ीले पहिलो विकेटको निम्ति ५५ बलमा ८१ रनको पार्टनरशीप गऱ्यो। जीशान अनसारीले डू प्लेसिसलाई आउट गरी यस पार्टनरशीपलाई तोड़े। डू प्लेसिसले ३ वटा छक्का र ३ वटा चौकाको साथ २७ बल खेलेर ५० रन बनाए। त्यसपछि म्याकगर्क र केएल राहुल पनि लगातार आउट भए तर लक्ष्य ठूलो नभएको हुनाले दिल्लीलाई म्याच जित्न असुविधा भएन। म्याकगर्कले ३२ बल खेलेर ४ वटा चौका र २ वटाा छक्काको साथ ३८ रन बनाए जबकि राहुलले १५ रन बनाए। राहुल आउट भएपछि अभिषेक पोरेल (अविजित ३४) र ट्रिस्टन स्टब्स (अविजित २१)-ले मिलेर टीमलाई जीत दिलाए। यी दुईजनाले चौथो विकेटको निम्ति ५१ रनको अटूट पार्टनरशीप गरे। सनराइजर्सका बलरहरूमा जीशान अनसारीले ३ विकेट लिए।
यसअघि पहिला ब्याटिंग गर्दै सनराइजर्स हैदराबादले एक समय केवल ३७ रनमा ४ विकेट गुमाइसकेको थियो। अभिषेक शर्मा १, ईशान किशन २ र नितिश कुमार रेड्डी खाता नखोली आउट भए। ट्रेविस हेडले २२ रन बनाए। निराशाजनक शुरुवातपछि सनराइजर्सलाई युवा अनिकेत शर्माले सम्मानजनक स्कोरसम्म पुऱ्याए। उनले आत्मविश्वासको साथ ब्याटिंग गरे। अनिकेत हेनरिक क्लासेनसँग मिलेर पाँचौं विकेटको निम्ति ७७ रनको पार्टनरशीप गरे। पेस बलर मोहित शर्माले क्लासेनलाई आउट गर्नको साथै सनराइजर्सले फेरि लगातार विकेट गुमाउन थाल्यो। अनिकेतले ४१ बल खेलेर ६ वटा छक्का र ५ वटा चौका लगाए। यसरी क्लासेनले २ वटा छक्का र २ वटा चौकाको साथ १९ बलमा ३२ रन बनाए। आज सनराइजर्सको ब्याटिंग क्रमलाई मिचेल स्टार्कले माटोमा मिलाए। उनले ५ विकेट लिए। स्टार्कले प्लेयर अव् द म्याच को पुरस्कार जिते। कुलदीप यादवले पनि ३ विकेट लिए।