शेर्पा सोसियल वेलफेयर सोसाइटीद्वारा सडकको नालाहरु सर सफाई

photocollage_2025330203854997

खरसाङ: आज खरसाङ शेर्पा सोसियल वेलफेयर सोसाइटीद्वारा खरसाङको डाउहिल रोडस्थित शेर्पा बस्ती पस्ने गोलाईदेखि खरसाङ महाविद्यालयसम्मकाे सडकको नालाहरु सर सफाई गर्ने कार्य गरिएको छ। विशेष गरेर सडक छेउमा पलाएकाे झार जंगलहरु जसले बाटोमा हिँड्ने मानिसहरु र जब गाडी आउँदा साईड लाग्दा झार जंगलले असुविधा हुने गर्थ्यो त्यसलाई सर सफाई गरिएको छ। यसको साथै नालाहरु पनि सफाई गरिएको जानकारी प्राप्त भएको छ। नाका झोडामा बर्खा याममा बन्द नालाले गर्दा पानी बाटोमा बग्नाले धेरैलाई असुविधा हुन्छ साथै जतासुकै पानी बगेर गए पैह्रो जाने डर हुन्छ। त्यसैले पनि यसको रोकथामको उद्देश्यले नालाको सर सफाइ गरिएको हाे भनी सभापति सानु शेर्पाले जानकारी गराएका छन्। आजको सफाई कार्यक्रममा विशेष सचिव लाक्पा शेर्पा, सभापति सानु शेर्पा अनि सबै पदाधिकारी गण र सदस्यहरुकाे उपस्थिति रहेको थियो। सबैलाई जानकारी भएको हाे कि शेर्पा सोसियल वेलफेयर सोसाइटीले विगत वर्षदेखि धेरै सामाजिक कार्य गर्दै आईरहेको छ। विगत हप्तामा नै सोसाइटीले खरसाङकाे शमशान घाटकाे सरसफाइ गरेको थियोे भने आज शेर्पा बस्ती पस्ने गोलाईदेखि खरसाङ महाविद्यालयकाे गेट सम्मकाे सडकमा‌ रहेको नालाहरु सरसफाइ गरियो भने आउँदो दिनमा पनि यस्तो धेरै कार्यक्रम रहेको शेर्पा सोसियल वेलफेयर सोसाइटीकाे प्रचार प्रसार सदस्य कर्म शेर्पाले जानकारी गराए एका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement