खरसाङ: खरसाङ नगरपालिकाद्वारा वार्ड नम्बर १८ मा नयाँ बाटो निर्माणको कार्य शुरु गरिएको छ। उक्त सिमेन्टको बाटो निर्माणको लागि आज खरसाङ नगरपालिकाकोे भाइस चेयरम्यान सुवास प्रधान, पूर्व नगर पार्षद प्रेमेन्द्र गुरुङ आदिको विशेष उपस्थितिमा शिलान्यास गरेर कार्य थालिएको छ। यसको साथै खरसाङ नगरपालिकाको वार्ड नम्बर १९ मा कोर्ट जाने बाटो र धोबी खोला क्षेत्रमा पनि शिलान्यास गरेर बाटो निर्माणको कार्य शुरु गरिने भएको जानकारी प्राप्त भएको छ। आज खरसाङ नगरपालिकाकोे तर्फबाट वार्ड नम्बर १८ मा शिलान्यासपछि बाटो निर्माणको कार्य थालिएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनद्वारा वार्ड नम्बर १८ मा सिमेन्टको बाटो निर्माणको कार्य शिलान्यास गरेर शुरु पनि गरिएको जानकारी गराएका छन्। उनले यसको साथै वार्ड नम्बर १९ मा कोर्ट जाने बाटो शिलान्यास गरेर निर्माण कार्य शुरु गरिने अनि धोबी खोला क्षेत्रमा पनि बाटो निर्माणको कार्य शुरु गरिने साथै नालाहरु पनि व्यवस्थित गरिने जानकारी गराएका छन्। भाइस चेयरम्यान सुवास प्रधानले बाटो निर्माणको कार्यमा स्थानीय सबैको साथ र सहयोगको अपेक्षा गरिएको र बाटो निर्माणको कार्य गुणस्तरको हुनु पर्ने साथै गुणस्तरको कार्य नभएको खण्डमा गुनासो राख्न सक्ने पनि बताएका छन्।