वाणीश्री कल्याण समितिको नयाँ कमिटी गठन

IMG-20250330-WA0309

खरसाङ: आकाशवाणी खरसाङमा कार्यरत् अस्थायी उदघोषक उदघोषिकाहरुको पुरानो संगठन वाणीश्री कल्याण समितिको सभा सभापति विश्व सुब्बाको‌ अध्यक्षतामा सम्पन्न भएको छ।सभालाई सचिव इशारा तामाङले सञ्चालन गरेका थिए।सभामा सर्व प्रथम वाणीश्री कल्याण समितिको पुरानो विघटन गरिएको घोषणा गरियो।पुरानो समिति विघटन गरेपछि नयाँ कमिटी गठन गर्नलाई वरिष्ठ उदघोषिका सुजता सुब्बाको अध्यक्षतामा सभा सम्पन्न भएको छ। यसै सभामा वाणीश्री कल्याण समितिको नयाँ कार्यकारी समिति सर्वसहमतिद्वारा मनोनित गरिएको छ।‌ नयाँ समितिमा सभापति पी लक्की शेर्पा, उप सभापति सुजता सुब्बा र दिञ्छेन योञ्जन, सचिव सिल्भेष्टर लेप्चा, सह सचिव हनोक थापा र सबिता छेत्री, कोषाध्यक्षा चित्र आले, सह कोषाध्यक्षा पूर्णिमा प्रधान, सल्लाहाकरमा विश्व सुब्बा, एसारा तामाङ, प्रतिमा लामा प्रधान, दिपा राणा, करुणा सिंह, पूर्णिमा थापा, छिरिङ लामा, प्रिसिला मुखिया, सुप्रिया ठटाल, बीरेन राई, शिखा आले लगायत अन्यहरु चयन भएका छन्। सभामा इच्छुक नयाँ सदस्यहरुलाई जोड्ने निर्णय गरिएको छ भने आगामी १ अप्रेलदेखि १५ अप्रेलभित्रमा जोड्न सकिने भएको छ।‌ यसको साथै हर हिसाब गरेर रहल सबैले बुझाई दिने अनुरोध गरिएको छ। यस सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पूर्व सभापति विश्व सुब्बाले‌ विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement