खरसाङ: खरसाङ महकुमा अन्तर्गत घुम्ती चियाबारीस्थित माता सिंहदेवी मन्दिरमा घुम्ती ग्राम सुधार पूजा समितिद्वारा राम नवमी अनि नवरात्रिको अनुष्ठान पूजा सम्पन्न भएको छ। उक्त पूजा पण्डित मुक्तिनाथ ढकालद्वारा सम्पन्न गरिएको छ। उक्त पूजामा कलश यात्रा पनि निकालिएको छ। उक्त कलश यात्रा घुम्ती चियाबारीको स्थानीय निवासी उत्तम शर्माको घरबाट शुरु मन्दिर परिसरसम्म निकालिएको छ। उक्त पूजा घुम्ती चियाबारीस्थित माता सिध्दीदात्री माताको मन्दिरमा पूजा अर्चना गरिएको छ। उक्त अनुष्ठान आजदेखि लगातार रुपमा आगामी ६ अप्रेल २०२५ सम्म रहने जानकारी स्थानीय श्यामकुमार खवासबाट प्राप्त भएको छ। यस पुजामा घुम्ती ग्राम सुधार समिति पूजा कमिटिका सभापति मनिष प्रधान, सचिव रन्जना खवास साथै ग्राम सुधार समितिको सभापति रुपेन तामाङ, सचिव आनन्द प्रधान, मुख्य सल्लाहकार श्यामकुमार खवास अनि घुम्तीका धेरै भक्तजन उपस्थित रहेका थिए। यस पूजामा कलस यात्रा, मण्डप प्रवेश, कलश स्थापना, माताको श्रृंगार, आरती पुष्पाञ्जली अनि प्रसाद वितरण गरियो। पूजामा शैल पुत्रीको आज पहिलो दिन पुजा अनुष्ठान गरिएको जानकारी प्राप्त भएको छ।