बाघडुग्रा: आज को दिन ११ गोर्खा पुर्व सैनिक संघ बाघडुग्राको वार्षिक सभा अध्यक्ष सुबेदार (रिटायर)
डि बि राईको अधक्षता तथा चियरमेन कर्नल(रिटायर) बिमल देवान ज्युको उपस्थितिमा सम्पन्न भयो।
सभामा संगठनका पेट्रोन अफिसर कर्नल(रिटायर) पि. के. शर्मा, सल्लाहकार अनेरी क्याप्टेन(रिटायर), एम बि राई, अनेरी क्याप्टेन (रिटायर) ज्ञानेन्द्र राई “वीर चक्र” सु. मेजर(रिटायर) पि. पि. लिम्बू, अनेरी क्याप्टेन(रिटायर) के एस राई लगायत धेरै वरिष्ठ पुर्व सैनिक पदाधिकारीहरु, पुर्व सैनिक वीर नारीहरुको उपस्थिति रहेको थियो भने महासचिव अनेरी क्याप्टेन (रिटायर) गणेश सुब्बा ज्युले संचालन गरेको सभामा संगठनको कोष अध्यक्ष सुबेदर(रिटायर) के बी राई ज्युले वार्षिक आय-ब्यायको प्रतिबेदन प्रस्तुत गर्नु भयो।
सभा संचालनको क्रममा संस्थाले बिगतका दिनमा गरिएको कार्य तथा आउने दिनमा केकस्ता कार्य गर्नु पर्ने बिषयमा महासचिव ज्युले सभालाई जानकारी गराउनु भयो।
अनेरी क्याप्टेन के एस राई,क्याप्टेन एम बि राई,वीर चक्र एवार्डी क्याप्टेन ज्ञानेन्द्र राई,कर्नल पि के शर्मा,चियरमेन कर्नल बिमल देवान ज्यु र अन्य वरिष्ठ पदाधिकारीहरुले सभालाई सम्बोधन गर्नु भएको थियो,बक्ताहरुले सम्बोधनको क्रममा संघको सदस्यहरूलाई बिभन्न फाइदा मुलक जानकारी गराउनु भयो।
११ गोर्खा पुर्व सैनिक संघठन पुर्व सैनिक तथा बिधवाहरुको वेलफेयर,फेमिली पेन्सन, डकुमेन्टेसन साथै अन्य सामाजिक कार्यको निम्ति सोसाइटी एक्ट अन्तरगत गठन गरिएको पन्जिकृत सामाजिक संस्था हो जस्ले धेरै सामाजिक कार्यहरु लगायत पेन्सनरहरुको डकुमेन्ट सच्याउने, बिधवाहरुको पेन्सन सम्बन्धि कार्यहरु गर्दै आएको छ।
(अनमोल किराँती,बाघडुग्रा)