भारत र अष्ट्रेलियाबीच टी२० र वनडे सीरीज खेलिने

IMG-20250330-WA0228

मेलबर्न: क्रिकेट अष्ट्रेलियाले आइतवार बताएअनुसार, भारतीय पुरुष टीम यस सालको अन्तमा ३ वटा वनडे र ५ वटा टी२० इण्टरनेशनल म्याचको सीरीजको निम्ति अष्ट्रेलिया यात्रामा आउनेछ। वनडे र टी२० सीरीजका म्याचहरू १९ अक्टोबरदेखि ८ नोभेम्बरबीच खेलिनेछ। वनडे म्याचहरू स्थानीय समयानुसार डे-नाइट हुनेछ। यसरी टी२० म्याचहरू केवल राति खेलिनेछ। आगामी २०२५-२६ सीजनको अवधि पहिलोपल्ट अष्ट्रेलियाका सबै ८ वटा राज्य र क्षेत्रहरूमा पुरुषहरूका इण्टरनेशनल म्याचहरू आयोजन हुनेछ। भारत २०२४-२५-मा ५ वटा टेस्ट म्याचको बोर्डर-गावस्कर ट्रफीपछि अष्ट्रेलिया जानेछ। बोर्डर-गावस्कर ट्रफीको अवधि अष्ट्रेलियामा दर्शकहरूका संख्याको नयाँ रेकर्ड बनिएको थियो। क्रिकेट अष्ट्रेलियाका मुख्य कार्यकारी टड ग्रीनबर्गले भने, हामीले गत ग्रीष्मकालमा मैदानमा दर्शकहरूका संख्या, टीभी-मा दर्शकहरूका संख्या र डिजिटल प्ल्याटफर्ममा धेरै रेकर्ड तोड़्यौं अनि यो अविश्वसनीय गति पूरा सीजनमा जारी रहने हामीलाई विश्वास छ। भारत र अष्ट्रेलियाबीच वनडे सीरीजको पहिलो म्याच १९ अक्टोबरमा पर्थमा खेलिनेछ। त्यसपछि रहल दुईवटा म्याच २३ र २५ अक्टोबरमा क्रमशः एडीलेड र सिडनीमा खेलिनेछ। वनडे सीरीजको समाप्तिपछि टी२० सीरीज शुरु हुनेछ, जसको पहिलो म्याच २९ अक्टोबरमा केनबरामा खेलिनेछ। त्यसपछि दोस्रो म्याच ३१ अक्टोबरमा मेलबर्नमा खेलिनेछ। टी२० सीरीजका रहल ३ वटा म्याच २, ६ र ८ नोभेम्बरमा क्रमशः होबार्ट, गोल्ड कोस्ट र ब्रिसबेनमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement