गान्तोक: भारत सरकारको राष्ट्रीय सहकारी युनियन र सिक्किम सहकारी यूनियनको संयुक्त पहलमा आज पाकिम जिल्ला अन्तर्गत आसम लिङजेमा एक दिवसीय राज्यस्तरीय सम्मेलन सम्पन्न भयो। कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा मन्त्री अरूण उप्रेती, सिक्किम विधानसभाकी उपाध्यक्ष राज कुमारी थापा लगायत देशको विभिन्न राज्यबाट प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले राज्यस्तरी सम्मेलनमा उपस्थित हुने अवसर प्राप्त भएकोमा उनले खुशी प्रकट गर्दै राज्य सरकारले सिक्किम सहकारी यूनियनलाई विभिन्न माध्यमद्वारा सहयोग पुऱ्याउँदै आइरहेको अवगत गराए। वर्तमान समयमा देशभऱि नै सहकारी संस्था गठन भएको र सिक्किममा पनि यो संस्थाले काम गरिरहेको बताए। राज्यमा उत्पादित जैविक फसललाई बढावा दिने उद्देश्यले केही वर्ष अधि नै राष्ट्रीय सहकारी यूनियन अफ् इन्डियासँग सिक्किम सरकारले सम्झौता गरिसकेको जानकारी गराए। सोही प्रकारले सिक्किम सरकारले कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले दुध उत्पादनमा प्रति लिटर आठरूपियाँ प्रोत्साहन राशिकोरूपमा प्रदान गरिरहेको छ। राज्य सरकारले सहकारी संस्थालाई मजबुत बनाउनको निम्ति विभिन्न प्रकारको योजना लागु गरेको बताए। राज्यस्तरीय सम्मेलन सिक्किममा आयोजना गर्ने अवसर प्राप्त भएकोमा मुख्यमन्त्री तामाङले खुशी प्रकट गर्दै यो सिक्किमको निम्ति अहोभाग्य रहेको जानकारी गराए। यो कार्यक्रम राज्यको विकासको निम्ति अति नै महत्वपूर्ण रहेको र सहकारी आन्दोलनलाई तीब्र गतिमा अघि बढाएको खण्डमा भविष्यमा सिक्किमले उदाहरण प्रस्तुत गर्ने सम्भावना व्यक्त गरे। राज्य सरकारले दुध उत्पादन लगायत अन्य फसलमा प्रोत्साहन राशि प्रदान गर्ने प्रक्रिया शुरू भएपछि अहिले प्रतिष्पर्धा चलिरहेको अवगत गराए। प्रति वर्ष १५-१६ करोड रूपियाँ दुध उत्पादकहरूमा पुग्ने गरेको जानकारी गराए।यस वर्ष पनि प्रोत्साहन राशिकोरूपमा बजेटमा ८ करोडको धनराशि छुट्टाएको अवगत गराए। अब किसानहरूद्वारा उत्पादित फसल सहकारी संस्थाको माध्यमद्वारा बजारमा आएमा प्रोत्साहन राशि प्रदान गरिने बताए। अब कुनै पनि कुरा सहकारी संस्थाको आधारमा बजार व्यवस्थापन गर्ने जानकारी गराए। सहकारी संस्थामा अधिक शक्ति रहेको हुनाले यसको माध्यमद्वारा गएपछि अघि बढन सक्ने उनले विश्वास व्यक्त गरे। आजको यस कार्यक्रमबाट सहकारी सदस्यहरूले अवश्य पनि केही सिकेर जाने सुझाउ दिए।आगामी दिनमा सहकारी विभागमा धनराशि छुट्टाएर सक्रिय संस्थालाई सहयोग पुऱ्याउने उनले बचन दिए। सोही प्रकारले उनले उत्कृष्ट सहकारी संस्थालाई प्रत्येक वर्ष १० लाख, दोस्रोलाई ७ लाख र तेस्रोलाई ५ लाख प्रदान गर्ने घोषणा गरे। उक्त पुरस्कार आगामी १५ अगस्तको दिन प्रदान गरिने जानकारी गराए। उनले प्रसङग फेर्दै बृद्ध आमा बाबालाई वृद्ध आश्रममा छोडने प्रथा बन्द गरिनुपर्ने सबैलाई आग्रह गरे।
यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अरूण उप्रेतीले प्रधानमन्त्री नरेन्द्र मोदीले सहकारिता समूहलाई सश्कत बनाउन धेरै प्रयास गरेको हुनाले अहिले देशभरि नै सहकारि संस्थाहरू गठन भएको बताए। यसका साथै गृहमन्त्री अमित शाह स्वय यस संस्थामा जोडिएर सहकारी संस्थालाई अघि बढाउन अहम भूमिका निर्वाह गरेको जानकारी गराए। सहकारी संस्थाको समस्यालाई अहिले राष्ट्रीयस्तरमा समाधान गर्ने पहल भइरहेको उनले अवगत गराए। यस संस्थाले सबै समूहलाई समेटर उनीहरूलाई आर्थिकरूपमा मजबुत बनाउने प्रक्रिया शुरू भएको र यसमा धेरै हदसम्म सफलता हासिल गरेको बताए। सिक्किम सहकारी यूनियनले राज्यमा विभिन्न प्रकारको गतिविधि सञ्चालन गरिरहेको जानकारी गराए। सरकारले सहकारी संस्थालाई मजबुत बनाउनको निम्ति आर्थिक सहयोग प्रदान गर्नको साथै ऋण पनि उपलब्ध गराउँदै आइरहेको छ। किसानहरूको आयस्रोतमा वृद्धि गर्नको निम्ति सिकोनले विभइन्न प्रकारको भूमिका निर्वाग गर्दै आइरहेको उनले जानकारी गराए। वर्तमान सरकारले सहकारी संस्थाहरूलाई मजबुत बनाउनको निम्ति सबै प्रकारको सहयोग प्रदान गर्दै आइरहेको उनले किटान गरे। यस अवसरमा अन्तराष्ट्रीय सहकारी एलाइन्स एशिया अनि पेसिफिकका अध्यक्ष डा. चन्द्रपाल सिंह यादव लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा मन्त्री पुरण गुरूङ, मन्त्री साम्दुप लेप्चा, मन्त्री पिन्छो नामग्याल लेप्चा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।