गान्तोक: राज्य़का मुख्यमन्त्री प्रेम सिंह तामाङको परिकल्पना स्वच्छ स्वभाव स्वच्छ संस्कार अन्तर्गत सोरेङ जिल्लाको धनकुटवे सरकारी प्राथमिक पाठशालामा “ठोस फोहोर व्यवस्थापन र सरसफाइ” सम्बन्धी जागरूकता कार्यक्रम आयोजना गरियो। कार्यक्रम बजार अधिकारी मेरीगोल्ड लक्समको निर्देशमा सम्पन्न भएको थियो। यो कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य विद्यार्थीहरूलाई उचित सरसफाइ कायम राख्ने र सही ढङ्गमा फोहोर व्यवस्थापन गर्नुपर्ने महत्त्वबारेमा जागरूकता गराउनु रहेको थियो।
कार्यक्रमको सबैभन्दा उल्लेखनीय पक्षहरू मध्ये एक “खेल्ने तरिका” थियो जसले बालबालिकाहरूलाई गतिविधिहरू र खेलहरू मार्फत आवश्यक अवधारणाहरू बुझ्न सक्षम बनाउन प्रशिक्षण प्रदान गरियो। यस अवसरमा बालबालिकाहरूले सक्रियरूपमा भाग लिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी प्रधानाध्यापक तारा देवी छेत्री, विद्यालय प्रभारी टाशी ल्हामु भोटिया, लगायत शिक्षकहरूको योगदानको निम्मि सम्मान जनाइयो।