आईपीएल २०२५-मा गुजरात टाइटन्सको पहिलो जीत

IMG-20250330-WA0000

अहमदाबाद: गुजरात टाइटन्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-मा जीतको खाता खोल्यो। शनिवार खेलिएको आईपीएलको नवौं म्याचमा गुजरात टाइटन्सले ५ पल्टको च्याम्पियन मुम्बई इण्डियन्सलाई ३६ रनले पराजित गऱ्यो। यो मुम्बई इण्डियन्सको लगातार दोस्रो हार हो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै गुजरात टाइटन्सले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनायो। ओपनर साई सुदर्शनले ४१ बलमा सर्वाधिक ६३ रन बनाए। उनले ४ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक जोस बटलरले ३९ र कप्तान शुभमन गिलले ३८ रनको योगदान दिए। सुदर्शन र गिलले मिलेर ८.३ ओभरमा ७९ रनको ओपनिंग पार्टनरशीप गरे। मुम्बई इण्डियन्सका बलरहरूले अन्तिम ५ ओभरमा उत्कृष्ट बलिंग गरेर लगातार विकेट हासिल गर्दा होम टीमले २००-को आँकड़ा पार गर्न सकेन। मुम्बईका बलरहरूमा कप्तान हार्दिक पाण्ड्याले सर्वाधि २ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सले १९७ रनको लक्ष्यलाई अघि राखेर खेल्दै २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। सूर्यकुमार यादव र तिलक वर्मालाई छोड़ेर अन्य कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। सूर्यकुमारले ४ वटा छक्का र एउटा चौकाको साथ २८ बल खेलेर ४८ रन बनाए। यसरी तिलकले ३७ बलमा ३९ रन बनाए। ओपनर रोहित शर्मा ८, रेयान रिकेलटन ६, कप्तान हार्दिक ११ र रबिन मिञ्ज ३ रन बनाएर आउट भए। गुजरातका बलरहरूमा मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement