दिमित्रोवलाई पराजित गरी नोवाक जोकोविच मियामी ओपनको फाइनलमा

IMG-20250329-WA0320

फ्लोरिडा: सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचले बुल्गेरियाका ग्रिगोर दिमित्रोवलाई पराजित गरी २०१६ पछि पहिलोपल्ट मियामी ओपन टेनिस टुर्नामेण्टको फाइनलमा स्थान बनाए। अहिले उनी आफ्नो १००औं एटीपी खिताब जित्नदेखि केवल एक कदम टाढ़ा छन्। विश्वका पाँचौं नम्बरका खेलाड़ी ३७ वर्षीय जोकोविचले सेमिफाइनलमा दिमित्रोवविरुद्ध सजिलैसँग ६-२, ६-३-ले जीत हासिल गरे। जोकोविचले म्याचपछि भने, म विशेष १००औं खिताब जित्ने सम्भावनाको साथ खेलिरहेको छु। म टुर्नामेण्टको निम्ति आफ्नो तयारी अनि अहिले आफ्नो प्रदर्शनसँग सन्तुष्ट छु। यहाँ मैले एउटा पनि सेट गुमाइनँ। अहिले म अघि एउटा असल मौका रहेको छ जसलाई म गुमाउन चाहदिनँ। मियामी ओपनमा ६ पल्टका च्याम्पियन जोकोविचले आफ्नो प्रतिद्वन्द्वीको ३२ वटा अनफोर्स्ड एरर-को तुलनामा केवल ५ वटा अनफोर्स्ड एरर गरे। यसबाहेक कोर्टमा जोकोविचलाई निक्कै सन्तुलित पनि देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement