पाकिस्तानविरुद्ध पहिलो वनडे म्याचमा न्यूजील्याण्डको ७३ रनले जीत

IMG-20250329-WA0319

नेपियर: न्यूजील्याण्डले मार्क चापम्यानको १३२ रनको सहायताले पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा पाकिस्तानलाई ७३ रनले पराजित गरी ३ वटा म्याचको सीरीजमा १-० को बढ़त हासिल गऱ्यो। टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३४४ रन बनायो। न्यूजील्याण्डलाई विशाल स्कोरसम्म पुऱ्याउनमा पदार्पण म्याच खेलिरहेका पाकिस्तानमा जन्मिएका अलराउण्डर मुहम्मद अब्बासले पनि महत्त्वपूर्ण निर्वाह गरे, जसले २६ बलमा ५२ रन बनाए। उनले आफ्नो अर्द्धशतक केवल २४ बलमा पूरा गरे । यसको साथै उनी वनडे इण्टरनेशनलमा आफ्नो पदार्पण म्याचमा सबैभन्दा तेज अर्द्धशतक बनाउने खेलाड़ी बने। लक्ष्य ठूलो रहे पनि एक समय असल स्थितिमा रहने पाकिस्तान पछिबाट ४४.१ ओभरमा २७१ रन बनाएर अलआउट भयो। न्यूजील्याण्डका बलरहरूमा नाथन स्मिथले सर्वाधिक ४ विकेट लिए। लक्ष्यलाई पीछा गर्दै पाकिस्तानको शुरुवात चाहिँ असल रहेको थियो। अब्दुल्ला शफिक (३६ रन) र उस्मान खान (३९ रन)-ले मिलेर १२.४ ओभरमा ८३ रनको ओपनिंग पार्टनरशीप गरे। पछिबाट यी दुईजना केवल ५ रनको अन्तरालमा आउट भए। यसरी ८८ रनमा २ विकेटको पतनपछि बाबर आजमले कप्तान मोहम्मद रिजवान र सलमान आगासँग मिलेर असल ब्याटिंग गरे। बाबरले रिजवान (३० रन)-सँग मिलेर तेस्रो विकेटको निम्ति ७६ रनको पार्टनरशीप गरे । रिजवान आउट भएपछि बाबरले सलमान आगासँग मिलेर स्कोर २४९ रनसम्म पुऱ्याए। यी दुईजना क्रीजमा रहँदासम्म पाकिस्तानको पल्ला भारी थियो तर बाबर ३९औं ओभरमा आउट हुनको साथै न्यूजील्याण्डका बलरहरूले लगातार विकेट हासिल गरी आफ्नो टीमलाई जीत दिलाए। पाकिस्तानले आफ्नो अन्तिम ७ विकेट केवल २२ रनभित्र गुमायो। बाबरले ५ वटा चौका र ३ वटा छक्काको साथ ७८ रन बनाए। यसबाहेक सलमान आगाले ५ वटा चौका र २ वटा छक्काको साथ ५८ रन बनाए।
यसअघि म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै ५० रनमै ३ विकेट गुमाएपछि न्यूजील्याण्डलाई चापम्यानले शतकले सम्हाल्यो। चुनौतीपूर्ण स्थितिमा चापम्यानले डेरिल मिचेलसँग मिलेर उत्कृष्ट ब्याटिंग गर्दै टीमलाई असल स्थितिमा पुऱ्याए। यी दुईले विकेटमा सेट भएपछि तेजीको साथ रन बनाए। चापम्यान र मिचेलले चौथो विकेटको निम्ति १९९ रनको म्याच जिताउने पार्टनरशीप गरे। मिचेल ४२औं ओभरमा आउट भए। उनले ८४ बल खेलेर ४ टा छक्का र ४ वटा चौका लगाए। मिचेल आउट भएपछि पनि चापम्यान र अब्बासले तेजीको साथ रन बनाउन जारी राखे। करियरको तेस्रो वनडे शतक बनाएपछि चापम्यान ४४औं ओभरमा आउट भए। उनले १११ बल खेलेर १३ वटा चौका र ६ वटा छक्का लगाए। अब्बासले विध्वंशी ब्याटिंग गर्दै न्यूजील्याण्डलाई ३४४ रनसम्म पुऱ्याए। अब्बासले ३ वटा छक्का र ३ वटा चौकाको सहायताले २६ बलमा ५२ रन बनाए। पाकिस्तानका बलरहरूमा इरफान खानले सर्वाधिक ३ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement