शब्द समयको १४०औं प्रकरण कथा सङ्गोष्ठीको रुपमा सम्पन्न: शब्द समयको संस्थापक सदस्यहरु सम्मानित

IMG-20250329-WA0271

खरसाङ: सालबारीमा विगत १२ वर्षदेखि निरन्तर चलिरहेको मासिक साहित्यिक कार्यक्रम शब्द समयको १४०औं प्रकरण कथा सङ्गोष्ठीको रुपमा सम्पन्न भएको छ। प्रत्येक महिनाको अन्तिम शनिवार आयोजना हुँदै आएको शब्द समयको १२ वर्ष पूरा गरेको छ। यस अवसरमा शब्द समयको संस्थापक सदस्यहरुलाई सम्मानित गरिएको छ। शब्द समयको १४०औं प्रकरण अन्तर्गत शनिवार कथा सङ्गोष्ठीको कार्यक्रमको सम्पन्न भएको छ। यस अन्तर्गत पहिलो चरणमा स्रष्टा सबिता गोम्देनलाई श्रध्दाञ्जली अर्पण गरिएको थियो भने शब्द समयको दिवंगत सदस्यहरुलाई धुप दीप प्रज्ज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा सरस्वती बन्दना देविका मंग्रातीले राखेका थिए। स्रष्टा जीत सुनारले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण संस्थापक वरिष्ठ सदस्य एंव वरिष्ठ साहित्यकार मोहन ठकुरीले राखेका थिए। उनले शब्द समय सालबारीको स्थापना र शुरुको प्रकरण विषयमा जानकारी गराएका छन्। कार्यक्रममा शब्द समयको उद्देश्य विषयमा संस्थापक वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडाले वक्तव्य राखेका थिए। उनले आफ्नो सम्बोधनमा शब्द समयको उद्देश्य र औचित्य विषयमा वक्तव्य राख्दै शुरुको दिनहरु विषयमा वक्तव्य राखेका थिए। उनले शब्द समयको विभिन्न प्रकरणहरु आयोजना गरिएको र यसमध्ये कविता वाचन कार्यक्रम धेरै गरिएकोले यसपाली १४०औं प्रकरण कथा सङ्गोष्ठीको रुपमा आयोजना गरिने निधो गरिएको जानकारी गराएका छन्। उनले 140 औं प्रकरणमा‌ वाचन गरिएको कथाहरुलाई लिएर कथा सङ्ग्रह प्रकाशित गरिने निधो गरिएको पनि जानकारी गराएका छन्।‌ यसै कार्यक्रममा शब्द समयको संस्थापक सदस्यहरु क्रमैले मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, बिजय सुब्बा, एरोन सुब्बा, शरण शरद शर्मा, अभय प्रधान, सुरज लोहार, खेमराज शर्मा आदिलाई वरिष्ठ समाजसेवी मिलन रूचालको बाहुलीबाट खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। त्यसरी नै कार्यक्रममा उपस्थित नेपालबाट आएका अतिथिहरु क्रमैले चन्द्र भण्डारी, दिपक सुबेदी, विष्णु न्यौपाने आदिलाई वरिष्ठ राजनैतिक विश्लेषक डीएस बम्जनको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ।‌ कार्यक्रममा शब्द समयको विवरणिका विमोचन गरिएको छ। उक्त विवरणिकाको विमोचन डा जस योञ्जन ‘प्यासी’, राधारानी भण्डारी, निरु शर्मा, चन्द्र भण्डारी, कथाकार राजेन मोक्तान, मिलन रुचाल, डीएस बम्जन, दिपक सुबेदी, विष्णु न्यौपाने आदिको बाहुलीबाट सम्पन्न गरिएको छ‌।‌ कार्यक्रममा उपस्थित २५ जना स्रष्टाहरुले कथा वाचन गरेका थिए।‌ कार्यक्रममा पठित कथाहरुमाथि अतिथि साहित्यकार दिपक सुबेदीले समालोचकीय सम्बोधन राखेका थिए।

कार्यक्रममा अतिथिहरु चन्द्र भण्डारीले आफ्नोे सम्बोधनमा कथा भनेको नेपाल र भारतकै एउटै एउटै रहेको बताउँदै नेपाल र भारतको‌ नेपाली भाषीहरुको समस्याहरु एउटै रहेको बताएका छन्‌। उनले कथा जे लेखिन्छ त्यो भूँई मान्छेको कथा लेखिनुपर्छ जुन आफ्नै शैलीमा हुनुपर्छ र त्यो असल पनि हो।‌ भूईँ मान्छेको कथा लेख्ने नै वास्तविक कथाकार हुन् भनी बताएका छन्।‌ भण्डारीले यो जमात पुरानो र नयाँ पुस्ताको जमघट हो जुन सकरात्मक कुरा भनी बताएका छन्। आजको दिन ऐतिहासिक हो भन्दै साहित्य त संगीतमा हामीले भारत दार्जिलिङबाट सिकेको भन्दै दार्जिलिङ गुरु हो भनी बताएका छन्‌। उनले हामी भारत आईरहन्छौं र हामी नेपालतिर पनि बोलाउँछौं भनी बताएका छन्। उनले यहाँ नयाँ युगको शुरुवात भएको पनि बताएका छन्।‌ कार्यक्रममा विष्णु न्यौपानेले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा समीर शर्माले गीत प्रस्तुत गरेका थिए। शब्द समयको शुरुवात् २५ मई २०१३ मा बुध्द जयन्तीको दिन गरिएको थियो। कार्यक्रममा विभिन्न स्थानहरुबाट स्रष्टाहरु उपस्थित रहेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन र स्रष्टा जीत सुनारले राखेका थिए। भारतीय नेपाली भाषा साहित्यको श्रीवृद्धिमा शब्द समय सालबारीको आफ्नो छुट्टै महत्वपूर्ण स्थान रहेको छ। सालबारीमा‌ रहेका वरिष्ठ साहित्यकारहरुले‌ १२ वर्ष अघि २५ मई २०१३ सालमा स्रष्टा ज्ञानेन्द्र खतिवडाको घरबाट शुरु गरेर सालबारीको विभिन्न स्थानहरुमा महिनाको अन्तिम शनिवार मासिक रुपमा आयोजना भईरहेको छ।

शब्द समयको १२ वर्ष पूरा भएको छ।‌ शब्द समयमा श्रृंखलाबध्द खुल्ला मासिक साहित्यिक गोष्ठी प्रत्येक महिनाको अन्तिम शनिवार आयोजना गरिन्छ। शब्द समयमा सालबारी लगायत दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक, डुवर्स, सिक्किम, उत्तर पूर्वाञ्चल असम लगायत नेपालसम्मका स्थापित र नवोदित सर्जकहरुले रचना पठन गरिसकेका छन्‌‌। शब्द समयको आगामी दिनमा पनि विभिन्न साहित्यिक प्रकरणहरु आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement