अमेरिका हुँदै नेपाल आएका भुटानी शरणार्थी नियन्त्रणमा

IMG-20250329-WA0251

झापा:(नेपाल): अमेरीकाबाट बिभिन्न देश हुँदै भापाको दमक नगरपालिका–३ बेलडाँगी शिविरमा बस्दै आएको तीन जना भुटानी शरणार्थीहरुलाई पक्राउ गरिएको छ। अमेरिकाबाट अबैधरुपमा नेपाल आएर बसेका उनीहरुलाई आज (शनिवार) प्रहरीले नियन्त्रण गरेको हो। 
चैत १५ गते(२८ मार्च )बेलडाँगी शिविरमा आइपुगेर बसीरहेको भन्ने सुचनाका आधारमा   खटीएको प्रहरी टोलीले आज (शनिवार) २ बजेको समयमा नियन्त्रणमा लिएको हो। 
पक्राउ पर्नेमा दमक–३ बेलडाँगी शिबिर बस्दै गरेका ३६ बर्षिय आशिस सुबेदी, सोही स्थान बस्दै आएका ३१ बर्षिय सन्तोष दर्जी र ३६ बर्षिय रोशन तामाङ छन्। उनीहरुलाई सनुसन्धनको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 
आवश्यक कारवाहीको लागि अध्यागमनको कार्यालय काँकरभिट्टामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement