अर्जेण्टिनाविरुद्ध हारपछि ब्राजीलका मुख्य प्रशिक्षक डोरिवेल जूनियर बर्खास्त

IMG-20250329-WA0249

रियो डी जेनेरियो: ब्राजील फूटबल टीमका प्रशिक्षक डोरिवल जूनियरलाई टीमको निराशाजनक प्रदर्शन अनि खराब नतीजाहरूले गर्दा १४ महिना भित्रै पदबाट हटाइयो। ब्राजीललाई ब्यूनस आयर्समा अर्जेण्टिनाले ४-१-ले पराजित गरेको थियो, जुन टीमको वर्ल्ड कप क्वालीफायरमा सबैभन्दा निराशाजनक हार हो। त्यसको ३ दिन पछि नै ब्राजीलियन फूटबल परिसंघका अध्यक्ष एडनाल्डो रोड्रिगेसले जूनियरलाई हटाउने फसेला गरे। उनले मीडियासँग भने, परिसंघ डोरिवल जूनियरको कार्यकाल समाप्त भएको घोषणा गर्दछ। अब हामी उनको विकल्पको खोज गरिरहेका छौं। उल्लेखनीय छ, ब्राजील अहिले फिफा वर्ल्ड कप क्वालीफायरअन्तर्गत दक्षिण अमेरिकी चरणको पाँचौं स्थानमा रहेको छ। शीर्ष ६ वटा टीमले वर्ल्ड कपको निम्ति क्वालीफाई गर्नेछ। ब्राजील यसअघि गत वर्ष कोपा अमेरिकाको क्वार्टर फाइनलमा उरुग्वेविरुद्ध पराजित भएर बाहिर भएको थियो।
ब्राजील टीमको फर्म गत केही समयदेखि खास रहेको छैन। २०२२ वर्ल्ड कपमा टीम क्वार्टर फाइनलभन्दा अघि बढ़्न सकेको थिएन। त्यस समय ब्राजीललाई क्रोएशियाले क्वार्टर फाइनलमा पेनल्टी शूटआउटमा ४-२-ले पराजित गरेको थियो। त्यसअघि २०२१-को कोपा अमेरिका फाइनलमा ब्राजीललाई अर्जेण्टिनाले १-०-ले पराजित गरेको थियो। ब्राजीलले आफ्नो अन्तिम प्रमुख खिताब २०१९-मा कोपा अमेरिकाको रूपमा जितेको थियो। त्यस समय टीमले फाइनलमा पेरुलाई ३-१-ले पराजित गरेको थियो। यसरी २०१८-को वर्ल्ड कपमा पनि ब्राजील क्वार्टर फाइनलमा बाहिर भएको थियो। त्यस समय ब्राजीलले बेल्जियमविरुद्ध २-१-ले हारको सामना गर्नु परेको थियो। यसरी आफ्नै देशमा २०१४-मा भएको वर्ल्ड कपमा चाहिँ ब्राजील सेमिफाइनलसम्म पुगेको थियो। त्यस समय सेमिफाइनलमा ब्राजीललाई जर्मनीले ७-१-ले पिटेको थियो। ब्राजीलले २००२ पछि फिफा वर्ल्ड कप पनि जित्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement