विधायक एम प्रसाद शर्माले पैह्रो प्रभावित क्षेत्रको निरीक्षण

IMG-20220909-WA0156.jpg

पाकिम: हालै जारी वर्षाको कारण पैह्रोले प्रभावित क्षेत्रको आज नाम्चेबुङ जिल्लाका विधायक एम प्रसाद शर्माले स्थलगत निरीक्षण गरे। नाम्चेबुङ क्षेत्रमा पैह्रोले घरहरू क्षतिग्रस्त बनेपछि प्रभावित परिवारहरूसँग भेट गर्दै उनीहरूको गुनासो सुन्ने कार्य गरे। उनले सम्भवत सबै सहयोग पुऱ्याउने वचन दिए। पाकिमदेखि नाम्चेबुङसम्म जाने सड़क, बस्नेत वार्ड अनि खोङ्सी वार्ड आदि प्रभावित क्षेत्रहरूको विधायक शर्माले स्थलगत निरीक्षण गर्दै स्थितिको विस्तृत विवरण लिए। मनसूनको समय समाप्त हुनसाथै गुणस्तरीय निर्माण कार्यलाई अघि बढ़ाइहाल्ने विधायक शर्माले स्थानीयहरूलाई आश्वासन दिएका छन्।

यस अवधि पाकिमका जिल्लापाल टाशी छोपेल लेप्चाले सुरक्षाका पहलहरू चाँड़ै गरिने आश्वासन दिए।

निरीक्षण अवधि पैह्रोले घरहरू प्रभावित भएकाहरूलाई तिरपालहरू वितरण गरियो। यस अवधि कृषि एवं बागवाणी विभागका ओएसडी पीके सुब्बा, पाकिमका महकुमा अधिकारी छिरिङ नोर्ग्याल थिङ अनि स्थानीयहरूको सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement