सीएसके-को निम्ति सर्वाधिक रन बनाउने रेकर्ड आफ्नो नाम गरे एमएस धोनीले

IMG-20250329-WA0173

चेन्नई: दिग्गज क्रिकेट महेन्द्र सिंह धोनीले आईपीएलको रेकर्ड बुकमा आफ्नो नाम दर्ता गरे। धोनी आईपीएलमा चेन्नई सुपर किंग्स (सीएसके)-बाट सर्वाधिक रन बनाउने खेलाड़ी बनेका छन्। उनले आफ्ना पूर्व साथी खेलाड़ी सुरेश रैनाको रेकर्ड तोड़े। सीएसके-ले शुक्रवार राति आफ्नो होम ग्राउण्डमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-विरुद्ध ५० रनले हारको सामना गर्नु परे पनि धोनीले ३ वटा चौका र २ वटा छक्काको साथ अविजित ३० रन बनाए। यसको साथै आईपीएलमा सीएसके-बाट खेल्दै धोनीको ४६६९ रन पुग्यो। यसअघि यो रेकर्ड रैनाको नाममा रहेको थियो, जसले चेन्नईको यस फ्रेञ्चाइजीबाट खेल्दै ४६८७ रन बनाएका थिए। आफ्नो संयम र फिनिशिंग कौशलले गर्दा चिनिने सीएसके-का पूर्व कप्तानले एमए चिदाम्बरम स्टेडियमममा प्रशंसकहरूलाई खुशी पार्दै आफ्नो खास मिजासमा यस उपलब्धिलाई हासिल गरे। सीएसके-बाट सर्वाधिक रन बनाउनेहरूका सूचीमा फाफ डू प्लेसिस (२७२१) तेस्रो, रुतुराज गायकवाड़ (२४३३) चौथो, रविन्द्र जडेजा (१९३९) पाँचौं र अम्बाती रायडू (१९३२ रन) छैटौं स्थानमा रहेका छन्। धोनीको नाममा आईपीएलको इतिहासमा सर्वाधिक स्टम्पिंग (४३ वटा)-को रेकर्ड पनि रहेको छ। शुक्रवार पनि धोनीले बिजुलीको गतिमा स्टम्पिंग गरेर आरसीबी-का फिल्ट सल्टलाई पनि आउट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement