एशियन च्याम्पियनशीपमा मनीषाले जितिन् स्वर्ण पदक, अन्तिमले काँस्य

IMG-20250329-WA0157

नयाँ दिल्ली: अनुभवी भारतीय पहलवान मनीषा भानवालाले शुक्रवार जोर्डनको राजधानी अम्मानमा जारी एशियन कुश्ती च्याम्पियनशीपमा २०२१ पछि भारतलाई पहिलो स्वर्ण पदक दिलाइन् जबकि अन्तिम पंघालले चाहिँ काँस्य पदक जितिन्। मनीषाले महिलाहरूकी ६२ किग्रा भार वर्गको फाइनलमा कोरियाकी ओक जे किमलाई ८-७-ले पराजित गरिन्। यसअघि उनले कजाखस्तानकी टाइनिस डुबेकविरुद्ध तक्निकी श्रेष्ठताको आधारमा एकतर्फी जीतको साथ शुरुवात गरिन् अनि कोरियाकी हनबिट ली-लाई परास्त गरी अझ एउटा असाधारण जीत हासिल गरिन्। त्यसपछि मनीषाले सेमिफाइनलमा कलमीरा बिलिमबेक काजीविरुद्ध असाधारण प्रदर्शन गर्दै केवल एक पोइण्ट गुमाएर ५-१-ले जीत दर्ता गरिन्। भारतलाई यसअघि २०२१-मा अलमाटीमा भएको च्याम्पियनशीपमा विनेश फोगाट र सरिता मोरले स्वर्ण पदक दिलाएकी थिइन्।
यसरी पेरिस ओलम्पिकमा निराशाजनक अभियानपछि २० वर्षीय अन्तिम आफ्नो पहिलो अन्तर्राष्ट्रिय टुर्नामेण्ट खेलिरहेकी थिइन्। उनले ५३ किग्रा वर्गको क्वार्टर फाइनलमा चीनकी जिन झांगलाई परास्त गरे पनि जापानकी मो कियूका के-विरुद्ध हारको सामना गर्नु पऱ्यो। जापानकी पहलवानले तक्निकी श्रेष्ठताको आधारमा जीत हासिल गरिन्। त्यसपछि काँस्य पदकको लड़ाइँमा अन्तिमले चाइनीज ताइपेकी मेंग एच सियेहलाई तक्निकी श्रेष्ठताको आधारमा पराजित गरिन्। अन्य पहलवानहरूमा नेहा शर्मा (५७ किग्रा), मोनिका (६५ किग्रा) र ज्योति बेरीवाल (७२ किग्रा) पदक राउण्डसम्म पुग्न सकिनन्। पुरुषहरूका फ्रीस्टाइल प्रतियोगिता शनिवारदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement