इण्डिया इन्टरनेशनल हर्टिकल्चरल एक्सपोमा सिक्किमलाई प्रथम पुरस्कार

IMG-20250328-WA0324

गान्तोक: देशको राजधानी नयाँ दिल्लीको मार्ट ग्रेटर नोयडामा गत २० देखि २२ मार्चसम्म आयोजित दुई दिवसीय इण्डिया इन्टरनेशनल हर्टिकल्चरल एक्सपो २०२५मा सिक्किम राज्यले उत्कृष्ट उत्पादन प्रदर्शन गर्दै प्रथम पुरस्कार प्राप्त गरेको छ। सिक्किमले प्राप्त गरेको पुरस्कारले सिक्किम राज्यको दिगो बागवानी, जैविक खेती र कृषि-प्राविधिक नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई प्रकाश पारेको स्पष्ट देखिएको छ। यो एक प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो जसले बागवानी, फूल खेती, प्रशोधन प्रविधि र भूदृश्य नवप्रवर्तनमा प्रगति प्रदर्शन गर्न अग्रणी विज्ञहरू, नीति निर्माताहरू र उद्योग सरोकारवालाहरूलाई एउटा मञ्चमा ल्याउन सफल बनेको छ।
दुई दिवसीय एक्सपोको क्रममा सांसद महेन्द्र भट्टले सिक्किम सरकारको बागवानी विभागद्वारा राखिएको स्टलको भ्रमण गर्नको साथै जैविक खेतीमा सिक्किमको अग्रणी भूमिकाको प्रशंसा गरे। विश्वको पहिलो पूर्ण जैविक राज्यको रूपमा, सिक्किमले दिगो कृषि अभ्यासहरूमा विश्वव्यापी बेन्चमार्क स्थापित गर्न सफल बनेको छ। भ्रमणको क्रममा भविष्यको विकास रणनीति, चुनौती, जैविक खेती र बागवानीमा पर्यावरण-मैत्री प्रविधिहरूको एकीकरणमा केन्द्रित सांसदले महसुस गरेका छन्। यस प्रदर्शनीमा सिक्किम सरकारको वागवाणी विभागको नेतृत्व डा. सृजना प्रधान, डा. हेमन्त घिमिरे र विभागीय प्रमुख सुदेशना खडकाले गरेका थिए।
राज्य सरकारको वागवाणी विभागले विशेष गरेर यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा आयोजक समिति, सहभागीहरू, आगन्तुकहरूको समर्थन र प्रोत्साहनको निम्ति कृतज्ञता प्रकट गरेको छ। यस पुरस्कारले दिगो बागवानी अभ्यासहरूलाई अझ बढाउन र पर्यावरणमैत्री कृषि समाधानहरूलाई प्रवर्द्धन गर्न प्रेरणाकोरूपमा काम गर्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement