राज्यसभा सांसद डीटी लेप्चाले उठाए जेएन रोडवासीहरूको स्थायी पुनर्वासको माग

IMG-20250328-WA0318

गान्तोक: राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले पूर्व सिक्किममा राजधानी गान्तोकदेखि भारत-चीन सीमा क्षेत्र नथुलासम्मको जवहारलाल नेहरु (जेएन) रोडअन्तर्गत ३ माइलदेखि जुलुकसम्मका पुराना वासिन्दाहरूको स्थायी पुनर्वासको माग उठाएका छन्। ती वासिन्दाहरू १९५२ सालमा यस क्षेत्रमा सड़क निर्माण गर्न आएका मजदूरहरूका सन्तान रहेको जोहरू १९७५ मा सिक्किम भारतमा विलय हुनभन्दा धेरै अघिदेखि यहाँ रहँदै आएको सांसदले बताएका छन्।
सांसद लेप्चाकाअनुसार ती वासिन्दाहरूले १९६२ सालमा भारत-चीन युद्धको समय नथुला र छो-ला क्षेत्रमा भारत देशको निम्ति उल्लेखनीय योगदान दिएका थिए। युद्धको समय उनीहरूले भारत सरकारको निम्ति खुफियातन्त्रको काम गर्नेगर्थे। हालको डोकलाम विवादमा पनि उनीहरूले देशप्रतिको निष्ठालाई प्रमाणित गरेको पनि सांसदले थप बताए।
राष्ट्रको सुरक्षा र पर्यटनमार्फत सिक्किम राज्यको आर्थिक उन्नतिमा उल्लेखनीय योगदान दिएर पनि ती वासिन्दाहरू वर्षौंदेखि जमीनको मालिकाना अधिकारबिना वनभूमिमा रहनुपरेको भन्दै सांसद लेप्चाले उनीहरूको तत्काल स्थायी पुनर्वासको माग गरेका छन्। उनले भारत सरकार समक्ष वन अधिकार ऐन २००६ तथा अन्य कुनै उपायमार्फत ती परिवारहरूको स्थायी पुनर्वासको माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement