विभिन्न कार्यक्रमको साथमा राबोङमा छोजो फेस्ट आयोजना गरिने

IMG-20250328-WA0317

गान्तोक: आगामी ११ देखि १६ अप्रेलसम्म राबोङमा आयोजना हुने छोजो फेस्ट कार्यक्रमलाई लिएर आज राजधानीस्थित गान्तोकको एक होटलमा पत्रकार सम्मेलन आयोजना गरियो। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विधायक रिक्सेल दोर्जी भोटियाले यो पर्व वर्ष २००२ देखि शुरू भएको र अहिलेसम्म २४ वर्ष पुगिसकेको बताए। मुख्यमन्त्री प्रेम सिंह तामाङको निर्देश बमोजिय यस वर्ष यो पर्व भव्यरूपमा पालन गर्ने आयोजक समितिले निर्णय लिएको विधायकले जानकारी गराए। विशेष गरेर यो कार्यक्रमलाई प्रकृतिक, सांस्कृतिक र खेलकूदलाई आधार बनाएर राज्यमा पर्यटकहरूलाई आकर्षित गराउने उद्देश्यले आयोजना गरिने उनको भनाइ रहेको थियो।
सोही प्रकारले आयोजक समितिका महासचिव विष्णु शर्माले कार्यक्रमको रूपरेखाबारे विस्तृतरूपमा जानकारी गराउँदै, यस पर्वको मुख्य आकर्षण मुख्यमन्त्री गोल्डकप भलिवल प्रतियोगिता रहेनेछ। यस प्रतियोगितामा अन्तराष्ट्रीयस्तरका खेलाडीहरूले अंशग्रहण गर्ने शर्माले पत्रकारहरूलाई जानकारी गराए। यस प्रतियोगितामा विजयी हुने दललाई नगद २० लाख र उपविजयी दललाई नगद दस लाख सहित आकर्षक ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ। यसरी नै अन्तर सिक्किम भलिवल प्रतियोगिताको पनि आयोजना गरिने भएको छ, जसमा विजेता टोलीलाई दल लाख र उपविजेता टोलीलाई पाँच लाख सहित ट्रफी प्रदान गरिने शर्माले बताए। मैनामला प्रकृतिकस्थलाई बढावा दिने उद्देश्यले मैनामाला ट्रायल रनको पनि आयोजना गरिने भएको छ।
यसरी नै खेलकूदमा स्ट्रङगेस्ट म्यान अफ् सिक्किम, मिक्स मार्सल आर्ट, ग्रामीण खेलकूदको पनि आयोजना गरिने उनले थप जानकारी गराए। यसरी नै जोय राइड, हेलिक्पटर राइड, पुष्प प्रदर्शनी, हस्तकला अनि हस्तशिल्र साथै सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने भएको छ। यस कार्यक्रमको उदघाटन अवसरमा नेपालका प्रसिद्ध गायक पुर्ण राई अनि दाज्यु भाइले प्रस्तुती दिने भएका छन्।
यसै क्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतले कोबिड महामारी साथै टिस्टा नदीको वाढको कारण राज्यमा पर्यटन क्षेत्रलाई धेरै प्रभावित तुल्याएको बताए। यस प्रकारको कार्यक्रम आयोजना गरेर राज्यमा पून पर्यटन व्यसायलाई स्थिर बनाउन आयोजक समितिले प्रयास गरिरहेको र यसमध्ये यो पनि एक भागकोरूपमा मानिन्छ। विशेष गरेर यो कार्यक्रम सिक्किम भारतमा विलय भएको पचास वर्षको अवसरमा आयोजना गरिएको हो भने यसमा राज्यको सूचना एवम जनसम्पर्क विभागले पनि सहयोग पुऱ्याउँदै आइरहेको छ। यसरी नै राज्यको पर्यटन विभागले पर्यटन क्षेत्रलाई बढावा दिनको निम्ति कार्यक्रमलाई सहयोग पुऱ्याउँदै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement