गान्तोक: अप्पर बुर्तुककी विधायक श्रीमती कला राईले राज्यमा बड़दो नशाखोरी र अनलाइन जुवाको दुस्प्रभावलाई लिएर चिन्ता जताएकी छन्। उनले राज्य विधानसभामासमेत यस बारेमा आवाज उठाएकी छन्। आज समाप्त भएको चार दिवसीय बजेट अधिवेशनको धन्यवाद प्रस्तावमा सहभागिता जनाउँदै उनले यस गम्भीर विषयलाई उठान गरेकी हुन्।
विधायक श्रीमती राईले आफ्नो सम्बोधनको क्रममा राज्यमा बढ़दो नशालु पदार्थको सेवन र अनलाइन जुवामाथि गहिरो चिन्ता व्यक्त गरिन्। वर्तमानमा राज्यका धेरै युवाहरू नशालु पदार्थको कुलतमा फँसेको कुरा उल्लेख गर्नुहुँदै यसमा रोक लगाउन समयमा नै उचित पहल गरिनुपर्ने उनको भनाइ रहेको छ। यसको साथै सिक्किमवासीमा अनलाइन जुवा प्रतिको बड़दो लतलाई लिएर पनि उनले चिन्ता व्यक्त गरिन्। यसले गर्दा धेरै सिक्किमेको घर परिवार टुटेको तथा टुट्ने अवस्थामा पुगेको उहाँको भनाइ रहेको छ। विधायक श्रीमती राईले राज्यमा बड़दो नशाखोरी र अनलाइन जुवाको लतलाई रोक्न सरकारसमक्ष केही सुझाउ पनि राख्नुभएको छ जसमा अनलाइन जुवा विरुद्ध साइबर सेलको गठन, नशालु पदार्शको सेवन विरुद्ध सचेतना कार्यक्रमहरू र नशालु पदार्थ ओसारपोसार गर्नेहरू विरुद्ध कड़ा कानुनी कार्यवाही रहेको छ।
बजेट बारेमा बोल्दै विधायक श्रीमती कला राईले यस बजेटले सिक्किम राज्यलाई अझ सुखी र समृद्ध बनाउने दावी गरे। उनले बजेटलाई स्वागत जनाउनुहुँदै यसले सिक्किम राज्यलाई विकालको थप खुड़किलो चड़ाउने आशा व्यक्त गरेकी छन्।










