गान्तोक: गेजिङ खण्डका प्राथमिक स्कूलका शिक्षकहरूलाई लिएर एनसीएफएफएस/ एनसीएफएसइ र पाठ्यक्रमल्ई लिएर दोस्रो चरणको क्षमता विकास कार्यक्रमको समापन भयो। क्योङसाको जिल्ला भवनमा गत २४ मार्चदेखि शुरू भएको दुई दिवसीय कार्यक्रमको समापन कार्यक्रममा धेरै जना प्राथमिक स्कूलका शिक्षकहरूले सहभागिता जनाएका थिए। योक्सम खण्डमा आयोचजित पहिलो चरणको कार्यक्रमको सफलता पछि दोस्रो चरणको कार्यक्रम गेजिङ खण्डमा आयोचजना गरिएको हो। एससीइआरटीको मार्गनिर्देशमा डायट कलेज गेजिङद्वारा आयोजित कार्यक्रमको मुख्य उद्देश्य राष्ट्रिय पाठ्यक्रम रूपरेखा फर फाउन्डेसनल स्टेज र राष्ट्रिय पाठ्यक्रम रूपरेखा फर स्कूल शिक्षासँग मिल्दोजुल्दो प्राथमिक शिक्षकहरूको क्षमता वृद्धि गर्नु ररहेको थियो। यस प्रशिक्षण कार्यक्रमले शिक्षकहरूलाई पाठ्यक्रम रूपरेखा, प्रभावकारी शैक्षिक दृष्टिकोण र नवीन मूल्याङ्कन विधिबारे जानकारी गराउनमा ठूलो सहयोग पुगेको बताइएको छ।
पहिलो दिनको कार्यक्रममा बबिता प्रधानले एक अन्तरक्रियात्मक सत्रको सञ्चालन गरिन् जहाँ शिक्षकहरूले कक्षाकोठामा पाठ्यपुस्तकहरू प्रयोग गरेर आफ्ना अनुभवहरू साझा गरे। छलफलको क्रममा शिक्षकवर्गले भोग्न परिरहेको विभिन्न प्रकारको चुनौतीहरूमाथि चर्चा परिचर्चा गरियो। तेस्रो सत्रमा अम्बर सुब्बाले पाठ्यपुस्तकहरूको संरचनात्मक पक्षहरूबारे जानकारी गराउँदै जसले शिक्षकहरूलाई प्राथमिकस्तरका विद्यार्थाहरूको आवश्यकता पुरा गर्नको निम्ति पाठ्यक्रम तयार गरिएको बताए।