स्थापना दिवसको अवसरमा बोल्दै रूदेन सादा लेप्चाले बताए पहाडको नयाँ राजनीति हो अनितवाद

21-13-40-ru.jpg

खरसाङ: आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस हो।केन्द्रीय स्तरमा खरसाङमा विविध कार्यक्रमबीच हर्षोल्लासको रूपमा आज स्थापना दिवस पालन गरियो। यस कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष तथा कालेबुङका विधायक रूदेन सादा लेप्चाले भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पार्टी अध्यक्ष अनित थापालाई हामी हाम्रो मित्र अनि अभिभावकको रूपमा हेर्छौं। २०१७ को पहाडमा सुरु भएको अनितवादको राजनीति पहाडले महसुस गरेको आजसम्म कै फराकिलो राजनीति हो। राजनैतिक संस्कार नै परिवर्तन भएको छ। विपक्षले आफ्नो सोचलाई खुल्ला रुपमा राख्नु पाउँछ। २००७-मा नयाँ राजनैतिक नेतृत्व आए पनि संस्कार ८६ कै रह्यो। मेरो अनित, तपाईंको अनित, पहाडको अनित। हामी सबै मर्नेछौ एक दिन। घिसिङले सुरु गरेको राजनैतिक संस्कार जुन संस्कारलाई विमल गुरुङले अघि बढाएर लगे अब त्यो संस्कारको अन्त्य भएको छ। पहाडको नयाँ राजनीति हो अनितवाद।

About Author

Advertisement