खरसाङ: तीनधारे महानदी समष्टिको सिलिम हिल र नयाँ कमान चियाबारीको प्रबन्धक र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनमाझ वर्ष २०२५ को मांग पत्र लिएर बैठक सम्पन्न भएको छ। उक्त बैठकमा प्रबन्धक पक्षबाट मुख्य प्रबन्धक मञ्जित सेञ्चुरी र सह प्रबन्धक दावा लामा अनि युनियन पक्षबाट हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, जोनल सभापति गणु छेत्री, सिलिम हिल युनिट कमिटीको अध्यक्षा शकिला तामाङ, सचिव अमर लामा, नयाँ कमान शाखाका सभापति राजेन तामाङ र सचिव विनोद लामा, नरेन तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। यसको साथै पञ्चायत सदस्यहरु अनिल तामाङ र मिट्ठु तामाङ पनि विशेष गरी उपस्थित रहेका थिए। सभामा हिमालयन प्लान्टेशन लेवर युनियन नयाँ कमान शाखाका प्रतिनिधिहरु पनि उपस्थित रहेका थिए। सभामा युनियन र प्रबन्धक पक्षमाझ विभिन्न विषयहरुमा चर्चा परिचर्चा गरिएको छ। सभाको निर्णय अनुसार विगतको समयमा थाँतीमा रहेको अवकाशप्राप्त श्रमिकहरुको ग्राजुएटीको रकम प्रत्येक महिना रूपियाँ १,६५,००० रुपियाँ गरेर लगातार रुपमा भुक्तान गरिनेछ। यसको साथै वर्ष २०२४ को सेप्टेम्बरदेखि र वर्ष २०२५ को जनवरीसम्मको गरेर जम्मा पाँचवटा किस्ता आगामी पूजाभन्दा अघि नै भुक्तान गरिने कुरामा सहमति भएको छ। बगानमा लामो समयदेखि डाक्टरको अभाव थियो भने चाढै नै एकजना डाक्टर उपलब्ध गराउने विषयमा प्रबन्धक पक्ष सहमति भएको छ। बैठकमा निर्णय भए अनुसार नयाँ कमानमा कार्यरत् धाईलाई बगान पक्षबाट तालिम दिएर पदोन्नति गरिने भएको छ भने सिलिमहिलमा एकजना योग्य व्यक्तिलाई कम्पाउन्डरको रुपमा नियुक्त गरिने भएको छ। ईएलपी प्रतिकिलो ६ रुपियाँ थियो जुन बढाएर रुपियाँ गरिएको छ अनि यो यसै सालदेखि लागि गरिने भएको छ। कुनै पनि श्रमिकले घर निर्माण गर्दा प्रबन्धक पक्षलाई लिखित रुपमा जानकारी दिनु पर्ने र यसो गरिएमा घरको अवस्था हेरेर प्रबन्धक पक्षबाट सहुलियत प्रदान गरिने भएको छ। त्यसरी नै नयाँ कमानको सन्तोष शेर्पाले बढाईको काम गर्दै आफरहेकोले अब चाढै पदोन्नति गरिने भएको छ। नयाँ कमानमा एडहक चौकिदारको नियुक्त गरिने भएको छ। श्रमिकहरुको बढेको पैसा चाढै भुक्तान गरिने भएको छ। चियाबारीमा ग्राजुएटीको रकम भुक्तान गरिएपछि नयाँ उमेर पुगेका श्रमिकहरुलाई अवकाश दिइने भएको छ। श्रमिकवर्ग र कर्माचारीहरुको अवकाशपछि योग्य व्यक्तिहरुलाई नियुक्त गरिने कुरामा प्रबन्धक पक्ष र युनियन प्रतिनिधिहरुमाझ सहमति भएको छ।