मामरिङ र सिमलबारी सेमी फाइनलमा प्रवेश
खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङको भिक्टोरिया स्कूलको खेल मैदानमा भईरहेको स्व केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको पहिलो क्वाटर फाइनल खेल सम्पन्न भएको छ। शुक्रबार भएको पहिलो क्वाटर फाइनल खेल मामरिङ र त्रिशुली संघ डुमाराममाझ सम्पन्न भएको छ। उक्त खेलमा मामरिङले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ११५ र बनाएका थिए। ११६ रनको लक्ष्यलाई खेदो गर्दै त्रिशुली संघले १४ ओभर ३ बलमा 99 रन बनाएर अल आउट भएका छन्। यस खेलमा मामरिङको तर्फबाट ३ विकेट लिने पुष्कर सुब्बा म्यान अफ् द म्याच चयन भएका छन्। यस खेलमा ओम्पायरको रुपमा निर्मल गुरुङ र कबिन राई रहेका थिए। त्यसरी नै दोस्रो क्वाटर फाइनल खेल सुखे पोखरी स्पोर्ट्स एसोसिएसन र सिमलबसरीमाझ सम्पन्न भएको छ। यस खेलमा सुखे पोखरीले टस जितेर पहिला फिल्डिङ रोजेपछि सिमलबारीले पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा 8 विकेट गुमाएर १७२ रन बनाएका थिए। सिमलबारीको तर्फबाट राज चौहानले नट आउट ११५ रनको सेञ्चुरी पारी खेलेका थिए। उनी यस टुर्नामेन्टमा सेञ्चुरी बनाउने पहिलो खेलाडी बनेका थिए। सुखे पोखरी स्पोर्ट्स एसोसिएसन ११० रनमा अल आउट भएका थिए। यस खेलमा म्यान अफ् द म्याच सेञ्चुरी पारी खेलेका राज चौहान चयन भएका छन्। यस खेलमा ओम्पायरको रुपमा विकास तामाङ र निर्मल गुरुङ रहेका थिए।