तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

IMG-20250328-WA0239(1)

काठमाडौ: तीनकुने क्षेत्रमा राजवादी समूहको आन्दोलनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। राजतन्त्रवादी आन्दोलनकारीद्वारा घरमा तोडफोड र आगजनीका घटना बढ्दै गएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले यस्तो आदेश जारी गरेको हो। शान्तिकुञ्ज पुलदेखि जडीबुटी हुँदै मनोहरा खोलाको पुलसम्म कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement