तीनकुने आन्दोलनमा प्रहरीको गोली लागेर एकजनाको अवस्था गम्भीर

IMG-20250328-WA0240(1)

काठमाडौ: काठमाडौंको तिनकुने क्षेत्रमा भएको झडपमा एकजना गम्भीर घाइते भएका छन्। राजवादी समूह र सुरक्षाका लागि तैनाथ नेपाल प्रहरीबीच जारी तनावका बीच नेपाल प्रहरीले हवाई फायर गरेको थियो। सोही क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा आन्दोलनकारी गम्भीर घाइते भएका छन्।
आन्दोलनकारीबाट प्राप्त जानकारी अनुसार नेपाल प्रहरीले आन्दोलनकारीलाई कम्मरमुनि गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका आन्दोलनकारीलाई उपचारका लागि नजिकैको कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ। तर उनको अवस्था गम्भीर भएकाले कान्तिपुर अस्पतालले उनलाई वीर अस्पतालमा लैजान आग्रह गरे पछि उनको वीर अस्पतालमा उपचार जारी छ।
घाइते भएका व्यक्ति को हुन्? यसबारे अहिलेसम्म कुनै जानकारी आएको छैन। तर प्रहरीले पनि घटनाबारे औपचारिक जानकारी दिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement