रेगुलेटेड मार्केटमा उमाशंकर र श्याम यादव गुटमा संघर्षमा दुइजना घाइते

IMG_20220909_211246.jpg

सिलगढी: सिलगढीको रेगुलेटेड मार्केटमा गत केही दिनदेखि दुई गुटको माझमा आफ्नो प्रभुत्व जमाउनको लागि आपसमा झगडा भइरहेको थियो। फेरि आक एकपल्ट उमाशंकर र श्याम यादव गुटमा झगडा हुँदा रेगुलेटेड मार्केटमा तनाउको माहौल उत्पन्न भएको आरोप रहेको छ। दुई गुटमाभको झगडामा २ जना मजदुर गम्भीर रबताइएको छ। घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याए। घाइते मजदुरले बताए अनुसार आज बिहान तिनीहरू गद्दीमा काम गर्नको लागि गएको समय श्याम यादव गुटका मानिसहरूले तिनीहरूमाथि हमला गर्दै आफू घाइते भएको हो। उमाशंकर गुटले आफ्नो गुटका मानिसहरूमाथि श्याम यादव गुटले हमला गरेकोमा प्रतिवाद जनाउँदै आईएनटीटीयूसी ब्यानरमुनि प्रधान नगर थाना अधि विरोध प्रदर्शन गर्नको साथै श्याम यादव गुटका ३१‌ जनाविरुद्ध थानामा लिखित अभियोग दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement