काठमाडौं: नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो।
राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ ।
तीनकुनेमा भेला भएका राजावादीहरूले शुक्रबार दिउँसोबाट उग्र प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।