महारानी एलिजावेथको निधनमा ३ दिन शोक मनाउने मन्त्री परिषदको निर्णय

00-Queen-Elizabeth-A02871

काठमाडौं: नेपाल सरकारले इंग्ल्याण्डकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति तीन दिन शोक मनाउने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्री परिषद् बैठकले दिवंगत महारानीको सम्मानमा  सेप्टेम्बर १० देखि १२ सम्म शोक मनाउने निर्णय गरेको छl साथै बैठकले तीन दिन शोक मनाउनुका साथै नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। इंग्ल्याण्डकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो। उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement