आईपीएल २०२५-मा जीतको खाता खोल्न सफल एलएसजी

IMG-20250328-WA0002(1)

हैदराबाद: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-मा लखनऊ सुपर जाइण्ट्स (एलएसजी) जीतको खाता खोल्न सफल भयो। बिहीवार राति खेलिएको म्याचमा एलएसजी-ले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गऱ्यो। राजीव गान्धी इण्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो। ओपनर ट्रेविस हेडले सर्वाधिक ४७ रन बनाए। उनले २८ बल खेलेर ५ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक अनिकेत वर्माले ३६, नितिश कुमार रेड्डीले ३२ र हेनरिक क्लासेनले २६ रन बनाए। अनिकेतले १३ बल खेलेर ५ वटा छक्का लगाए। कप्तान प्याट कमिन्सले ३ वटा छक्काको साथ ४ बलमा १८ रन बनाए। एलएसजी-का बलरहरूमा शार्दुल ठाकुरले सर्वाधिक ४ विकेट लिए। जवाफमा एलएसजी-ले १६.१ ओभरमै ५ विकेटमा १९३ रन बनाएर म्याच जित्यो। निकोलस पूरनले २६ बल खेलेर सर्वाधिक ७० रन बनाए। उनले ६ वटा छक्का र ६ वटा चौका लगाए।

यसबाहेक ओपनर मिचेल मार्शले ७ वटा चौका र २ वटा छक्काको साथ ५२ रन बनाए। यी दुईबाहेक अब्दुल समदले अविजित २२ र डेविड मिलरले अविजित १३ रन बनाए। सनराइजर्सका बलरहरूमा कमिन्सले सर्वाधिक २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement