तेस्रो दिनको सदनमा तीनवटा विधेयकलगायत विभिन्न विभागको पृथक बजेट पारित

IMG-20250327-WA0344

गान्तोक: चालु बजेट सत्रको आज तेस्रो दिनको सदनमा हिजोको सदनमा शिक्षा मन्त्री राजु बस्नेतले प्रस्तुत गरेका तीनवटा विधेयक क्रमैले अटल बिहारी बाजपय स्किल यूनिभर्सिटी, सिक्किम बील, वर्ष २०२५को बील सङ्ख्या १३, सेनगोल इनटरनेशनल यूनिभर्सिटी बील, वर्ष २०२५को बील सङ्ख्या १४ र फ्यूजन यूनिभर्सिटी सिक्कि बील, वर्ष २०२५को बील सङ्ख्या १५ माथि चर्चा गरियो। तर, सदनमा कुनै पनि विधेयकमाथि एकैजना पनि सदस्यले चर्चामा भाग नलिएपछि सबै विधेयक बिनाबहस पारित गरियो। त्यसपछि हिजो दोस्रो दिनको सदनमा राज्यपाल ओम प्रकाश माथुरले राखेको सम्भाषणमाथि सदनका नेता एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले ल्याएको अनि मन्त्री अरुण उप्रेतीले समर्थन जनाएको धन्यवाद प्रस्तावमाथि पनि चर्चा गरियो। तर, राज्यपालको सम्भाषणमाथिको धन्यवाद प्रस्तावमाथिको चर्चामा पनि सदनका कुनै सदस्यले भाग लिएनन्। यसको साथै राज्यपालको सम्भाषणमाथिको धन्यवाद प्रसात पनि बिनाबहस पारित गरियो।
त्यसपछि सदनमा विभिन्न विभागका पृथक वार्षिक बजेटहरू प्रस्तुत गरियो। यस क्रममा क्रमैले पर्यटन एवं नागरिक उड्डयन विभाग र वाणिज्य एवं उद्योग विभागका प्रभारी मन्त्री छिरिङ थेण्डुप भोटिया, जन स्वास्थ्य अभियान्तिकी, जल स्रोत र धर्म विभागका मन्त्री सोनाम लामा, ग्रामीण विकास र सहकारिता विभागका मन्त्री अरुण कुमार उप्रेती, सामाजिक न्याय र महिला, बाल, जेष्ठ्य नागरिक एवं दिव्याङ्गनज कल्याण विभाग र मुद्रन एवं लेखन सामाग्री विभागका मन्त्री सामडुप लेप्चा, भवन एवं आवास र श्रम विभागका मन्त्री भीम हाङ लिम्बू र शहरी विकास र खाद्य एवं नागरिक आपुर्ती विभागका मन्त्री भोजराज राईले आ-आफ्नो विभागको पृथक बजेट सदनमा प्रस्तुत गरे। यी सबै बजेटलाई सदनले बिनाबहस पारित गऱ्यो।
उल्लेखनीय छ, आजको सदनको अन्तिम समयको कार्यवाही विधानसभा उपाध्यक्ष श्रीमती राजकुमारी थापाले सञ्चालन गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement