सिटी लिग ब्याडमिन्टन प्रतियोगिताको समापन

IMG-20250327-WA0341

सोरेङ: सोरेङ जिल्लाको जौटार स्टेडियममा आयोजित खेलो इन्डिया योजनाअन्तर्गत सिटी लिग ब्याडमिन्टन प्रतियोगिताको समापन भयो।
यस प्रतियोगितामा मुख्य अतिथिकोरूपमा सोरेङ जिल्लाका अतिरिक्त जिल्लापाल गयास पेगा थिए। समापन कार्यक्रमलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल पेगाले यस प्रकारको कार्यक्रममार्फत सहभागीहरूले इनडोर स्टेडियमको उचित प्रयोग गरिरहेको र अन्य खेलकूदको महत्वबारे पनि जागरुक बन्नुपर्ने आह्वान गरे। यसका साथै उनले युवाहरूको समग्र विकासको लागि खेलकूद अतिनै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसमा सक्रियरूपमा सहभागिता जनाउनु पर्ने प्रोत्साहित गरे। यस प्रतियोगितामा सोरेङ र गेजिङ जिल्लाका कूल १६ वटा टोलीले सहभागिता जनाएका थिए। जसमा सोरेङ जिल्लाका छवटा बीएसी र गेजिङ जिल्लाका विभिन्न ब्याडमिन्टन संघका टोलीहरू समावेश थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement