सोरेङमा इट राइट मेलाको समापन

IMG-20250327-WA0340

गान्तोक: सोरेङ जिल्लाको खाद्य सुरक्षा तथा परिवार कल्याण विभाग अनि राज्य सूचना ब्यूरोको संयुक्त पहलमा सोरेङ स्कूल खेल मैदानमा आयोजित डट राईट मेलाको समापन भयो। सिक्किम राज्य स्थापनाको ५०औं वार्षगाँठको उपलक्ष्यमा आयोजित मेलामा सोरेङ जिल्लाका आइसीडीएस विभागले गीत प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा स्वास्थ्य एवं परिवार कल्याण विभागका अतिरिक्त निर्देशक नीरज थापाले कार्यक्रमबारे प्रकाश पारे। उनले स्वास्थ खाने बानी बसाउने र खाद्य सुरक्षा मापदण्डहरू सुधार गर्ने महत्त्वमाथि जोड दिए। खाद्य सुरक्षा सुनिश्चित गर्न सबैलाई मिलेर काम गर्ने अतिरिक्त निर्देशकले प्रोत्साहित गरे। सोही क्रममा गेजिङ जिल्लाका खाद्य सुरक्षा अधिकारी केडी लेप्चाले खाद्य सुरक्षा र एफएसएसएरआइ कार्यक्रमबारे विस्तृतरूपमा अवगत गराए। उनले खाद्यस्तर, सन्तुलित आहार र खाद्य स्वच्छता अभ्यास गर्ने महत्त्वमाथि प्रकाश पारे। यसका साथै उनले इट राइट इन्डिया अभियानसंग दैनिक जीवनमा प्रयोग गर्ने आहारबारे जागरुक बन्ने बताए। यसका साथै सोरेङ जिल्लाका सीएमए डा. नाम्गे भोटियाले खाद्य सुरक्षाको महत्त्वमाथि बताउँदै मानिसहरूलाई स्वास्थ खाने वानी बसाउन प्रोत्साहित गरे। उनले बालबालिकाको लागि उचित पोषण प्रवर्द्धनमा अभिभावकको भूमिका अधिक रहेको बताउँदै कार्यक्रमलाई सफल बनाउन सबैको सहभागिताको आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement