सादरी-नागपुरी चलचित्र “दादाभाई” को प्रिमियर सम्पन्न

00.fc6b374d-a142-4d0f-a118-e505aca10fb9

कालचिनी: डुवर्सको विभिन्न ठाउँहरुमा छायांकन गरिएको दिर्घप्रतिक्षित आदिवासी सादरी चलचित्र दादाभाईको बिहीबार हेमिल्टनगञ्ज मजुमदार हलमा प्रिमियर सम्पन्न भएको जानकारी सो चलचित्रका निर्माता रोशन राउथले दिएका छन्। बिहीबार उक्त चलचित्रको प्रिमियर शो कार्यक्रममा सो चलचित्रका जम्मै कलाकारहरु लगायत आदिवासी समाजसेवीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रथम चरणमा सादरी डलीवूड फ़िल्म यूनिटका प्रसिद्ध निर्माता, निर्देशक तथा अभिनेता स्व. महिप नाग लोहोराको प्रतिकृतिमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। दादाभाई चलचित्रका जम्मै कलाकारहरुलाई परिचय प्रदान पश्चात अखिल भारतीय आदिवासी सादान महासभाको पक्षबाट डा. कमल कुजूरद्वारा खदा पहिराएर स्वागत गरिएको थियो भने प्रत्येक कलाकारहरुलाई बाबासाहेब डा. भीमराव अम्बेडकरको तस्वीर प्रदान गरिएको थियो। यस अवसरमा डलीवूड सादरी फिल्म यूनिटका अभिनेता तथा निर्देशक नाग अमन लोहोरा लगायत अखिल भारतीय आदिवासी विकास परिषदको अलिपुरद्वार जिल्ला सभापति बाबलु लाकड़ा, भाटपाड़ा चियाबारीको सिनियर म्यानेजर एसके पाण्डे एवं अन्यान्यको उपस्थिति रहेको थियो।

दोस्रो चरणमा दादाभाई चलचित्रको प्रिमियर शुरु गरिएको थियो भने चलचित्रको प्रिमियर पश्चात निर्देशक तथा अभिनेता रोशन राउथले डुवर्सको भूमिमा डुवर्सको पटकथा तयार पारेर दादाभाई चलचित्रको निर्माण गरिएको र चलचित्रलाई सबैले मनपराई दियोस् भन्ने चाहना रहेको यसले सादरी भाषा र आदिवासी संस्कृति संरक्षणमा बल पुग्ने बताए। उनले आफूले यस अघि मुम्बईमा बलिवुडमा पनि काम गरिसकेको र डुवर्समा पनि काम शुरु गरेको र बलिवुडमा काम गरिसकेको नायक सुजीतसिंह राजपूतलाई लिएर यो चलचित्र निर्माण गरिएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement