नाम्ची जिल्लामा सामुदायिक पर्यटन विस्तार गर्ने तयारी

IMG-20250327-WA0337

गान्तोक: नाम्ची जिल्लास्थित कितामको मुनाल प्रेक्षागृहमा दुई दिवसीय सामुदायिक पर्यटन प्रवेशलाई लिएर कार्यशाला आजदेखि शुरू भयो। पर्यटन एवम नागरिक उड्डयन विभाग र सिक्किम इन्टिग्रेटेड सर्विस प्रोविजन र इन्सपार्यसको संयुक्त पहलमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य स्थानीय युवा , महिला साथै हितधारकहरूलाई सशक्त बनाउनु रहेको थियो।
कार्यक्रममा नाम्ची जिल्लाकी जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिम मुख्य अतिथि थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजालिमले पर्यटन क्षेत्रमा सामुदायको सहभागिताको महत्वबारे प्रकाश पारिन्। उनले ग्रामीण पर्यटनको विकासलाई बढावा दिन प्राकृतिक स्रोतहरूको प्रवर्द्धन र बृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। उनले यस प्रकारको पहलको निम्ति सिक्किम इन्स्पायर्सप्रति कृतज्ञता व्यक्त गर्दै यस पहललाई अघि बढाउन राज्य सरकारले सदैव सहयोग गर्ने आश्वासन दिए। सोही प्रकारले पर्यटन तथा नागरिक उड्डयन विभागका अम्मील राईले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा सीबीटीको आधारभूत प्रस्तुती दिए। उनले विशेष गरेर राज्यस्तरीय कार्यशाला आयोजना गरिनुको मुख्य उद्देश्य स्थानीय सरोकारवालाहरूलाई ग्रामीणस्तरमा मजबुत बनाउनु रहेको जानकारी गराए। राईले दिगो पर्यटन विकासलाई संरक्षण गर्न थप यस प्रकारको प्रशिक्षण कार्यक्रमहरू आयोजना गरिनुपर्ने विषयमाथि प्रकाश पारे। उनले थप जानकारी गराए अनुसार सीबीटीले स्थानीय समुदायहरूलाई प्रत्यक्ष लाभ दिने कार्य गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement