नयाँ दिल्ली: न्यूजील्याण्ड र गुजरात टाइटन्सका अलराउण्डर ग्लेन फिलिप्सले आईपीएलमा इम्प्याक्ट प्लेयर-को नियम अहिले रोमाञ्चक लागिरहेको भए पनि यसले अलराउण्डरहरूका विकासमा समस्या सृष्टि गर्न सक्ने आशंका व्यक्त गरेका छन्। यस नियममाथि वर्तमान र पूर्व क्रिकेटरहरूका अलग-अलग विचार रहेको छ तर भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) -ले यसलाई कम्तीमा २०२७-को सत्रसम्म लागू गरेको छ। फिलिप्सले भने, म यस नियमको पक्ष र विपक्ष दुवैमा छुइनँ। यस नियमले निश्चित रूपले टीमहरूलाई अलग-अलग कुराहरू गर्ने अनुमति दिन्छ तर यसले गर्दा खेलमा अलराउण्डरहरूका भूमिका खतरामा पर्न सक्ने सम्भावना छ। अहिलेको निम्ति चाहिँ यो क्रिकेटमा एउटा असाधारण मनोरञ्जक ब्राण्ड हो। यसबाहेक नियमहरूलाई माहोल अनुसार बद्लिएर आईपीएलले असल काम गरेको छ। अहिले इम्प्याक्ट प्लेयर-को नियम काम गरिरहेको भए पनि उनीहरूले खेललाई अझ मनोरञ्जक बनाउन अझ एउटा नयाँ नियम ल्याउन पनि सक्छन्। उल्लेखनीय छ, आईपीएलको गत सीजनमा रोहित शर्माले उनी इम्प्याक्ट प्लेयर नियमको प्रशंसक नरहेको बताएका थिए। यसरी केही पूर्व क्रिकेटरहरूले यस नियमको समर्थन पनि गरेका छन्।