नयाँ दिल्ली: भारत र चेन्नई सुपर किंग्स (सीएसके)-का पूर्व कप्तान महेन्द्र सिंह धोनीले बताएअनुसार, स्टम्पको पछि उभिएर जिम्मेवारी निर्वाह नगरे उनी मैदानमा आफूलाई बेकार अनुभव गर्नेछन् कारण विकेटकीपिंग गर्दै उनी खेललाई असल तरिकाले बुझ्छन्। आईपीएल २०२५-मा पनि ४३ वर्षीय धोनीले सीएसके-को निम्ति विकेटकीपिंग गर्न जारी राखेका छन् कारण फ्रेञ्चाइजीले यस अनुभवी खेलाड़ीमाथि भरोसा देखाएको छ। धोनी आईपीएलमा शुरुवातदेखि नै सीएसके-मा रहेका छन्। बीचमा सीएसके-लाई दुई सीजन (२०१६-१७)-को निम्ति प्रतिबन्धित गरिँदा मात्र उनले राइजिंग पुणे सुपरजाइण्ट्सको प्रतिनिधित्व गरेका थिए। उनले आफ्नो कप्तानीमा सीएसके-लाई ५ पल्ट आईपीएल च्याम्पियन बनाउनको साथै १० पल्ट फाइनलमा पुऱ्याएका छन्। धोनीले भने, विकेटकीपिंग नगरे मलाई मैदानमा आफूलाई बेकार जस्तो लाग्छ कारण यही स्थानमा रहेर म खेललाई असल तरिकाले पढ़्न सक्छु। यो एउटा चुनौती हो अनि यसै कुराले यसलाई खास बनाउँछ। यस फ्रेञ्चाइजीले मलाई जहिलेसम्म मन पर्छ तहिलेसम्म खेल्ने छूट दिएको छ। म बिमार भएर कुर्सीमा रहे पनि उनीहरू मलाई मैदानमा हेर्न चाहन्छन्। म अहिले खेलको मजा लिन चाहन्छु। यसैकारण कम्तीमा अझ एक साल।
धोनीले गत सीजनमा सीएसके-को कप्तानी छोड़ेका थिए अनि रुतुराज गायकवाड़लाई कप्तान नियुक्त गरिएको थियो। आईपीएल २०२५-मा सीएसके-ले आइतवार चेपकमा मुम्बई इण्डियन्सविरुद्ध सजिलै जीत हासिल गरी आफ्नो अभियान शुरु गऱ्यो। टीमको कप्तान नभए पनि धोनीलाई सक्रिय रूपमा फील्डलाई समायोजित गरिरहेको अनि गायकवाड़लाई मैदानमा मार्गदर्शन गरिरहेको देखियो। धोनीले म्याचपछि गायकवाड़को नेतृत्व क्षमताको प्रशंसा गरे अनि युवा खेलाड़ीहरूले मैदानमा अधिकांश निर्णय लिने बताए। धोनीले भने, मैले गत सीजनको तुरन्तै पछि गायकवाड़लाई मैदानमा ९० प्रतिशत निर्णय आफै लिनु अनि यसको निम्ति आफूलाई मानसिक रूपले तयार गर्नु भनेको थिएँ। मैले कुनै सल्लाह दिनुको अर्थ त्यसलाई तुरन्तै मान्नु होइन। म मैदानमा फसेला लिने क्षणहरूमा जतिसक्दो टाढ़ा रहने कोशिश गर्छु। सीजनको अवधि धेरैले मैदानमा निर्णयहरू मैले लिइरहेको अनुमान लगाए तर वास्तवमा ९९ प्रतिशत निर्णायहरू नै रुतुराजले लिइरहेका थिए। यसमा बलिंगमा बद्लाउ र फील्ड सेट गर्नु पनि सामेल छ। म केवल उनलाई सहायता गर्छु। उनले खेलाड़ीहरूलाई सम्हाल्नमा असाधारण काम गरेका छन्। उल्लेखनीय छ, धोनीले अहिलेसम्म आईपीएलमा २६५ वटा म्याच खेलेर २४ वटा अर्द्धशतकको साथ ५२४३ रन बनाएका छन्। सीएसके-ले अब शुक्रवार एमए चिदाम्बरम स्टेडियममा रोयल च्यालेञ्जर्स बेंगलुरुविरुद्ध खेल्नेछ।