दिल्ली वार्तामा महासंघले अंशग्रहण गर्ने

IMG-20250327-WA0285

दार्जीलिङ: आगामी २ अप्रेलमा हुने दिल्ली वार्तामा गोर्खा भारतीय जनजाति महासंघले अंशग्रहण गर्ने बताइएको छ। सांसद राजु विष्टबाट प्राप्त यो खबरपछि दिल्ली प्रस्थानको लागि तयारीमा रहेको महासंघले सांगठनिक हिसाबले जनजाति अनि जातिगत हिसाबमा अलग राज्यको मुद्दालाई अघि बडाउने सभापति एमएस राई अनि सचिव अमित थापाले जनाएका छन्। यसबाहेक सांसद विष्टको सहयोगमा आरजीआई अनि जनजाति मन्त्रालयसम्म पुग्ने महासंघले जोरजाम शुरु गरिसकेको जानकारी छ।
दिल्ली वार्ताको खबरलाई स्वागतयोग्य सकारात्मक पद्क्षेप बताउँदै यसमार्फत पहाडको भविष्य निर्धारण हुनसक्ने महासंघले प्रतिक्रिया व्यक्त गरेको छ।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement