सोनादा डिग्री कलेजको वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न

IMG-20250327-WA0284

सोनादा: सोनादा डिग्री कलेजको चार दिवसीय वार्षिक खेलकूद प्रतियोगिता आज २७ मार्चको दिन समाप्त भयो। गत २४ मार्चको दिन कलेजका शिक्षक प्रभारी डाक्टर रागिनी थापाले रिबन काटेर चार दिवसीय वार्षिक खेलकुद प्रतियोगिता आरम्भ भएको घोषणा गरेपछि विद्यार्थीहरुमा विभिन्न खेलकुद प्रतियोगिता विभिन्न चरणमा सम्पन्न भए। दोस्रो, चौथो र छैटौं सत्रका विद्यार्थीहरूमाझ चेस (शतरन्ज), क्यारम, टेबल टेनिस ब्याडमिन्टन र भलिबल खेलहरू सम्पन्न भएको थियो। विभिन्न चरणका प्रतियोगितालाई पार गर्दै चेस पुरुष एकल वर्गमा प्रशान्त तामाङ (दोस्रो सत्र) विजेता अनि विवेक थापा (दोस्रो सत्र) उपविजेता त्यसरी नै एकल नारी वर्गमा नियता तामाङ (छैटौं सत्र) विजेता अनि पेमाडोमा तामाङ (दोस्रो सत्र) उप विजेता भए। क्यारम प्रतियोगिता पुरुष वर्गमा छेवाङ तामाङ (दोस्रो सत्र) विजेता र राहुल प्रधान( छैटौं सत्र) उपविजेता थिए भने नारी वर्गमा पेमाडोमा तामाङ (दोस्रो सत्र) विजेता र बबिता लामा (दोस्रो सत्र) उपविजेता भए। वार्षिक खेलकुद प्रतियोगिता अन्तर्गत विभिन्न चरणमा सम्पन्न भएको टेबल टेनिस प्रतियोगितामा एकल पुरुष वर्गमा कर्म तामाङ (चौथो सत्र) विजेता अद्वितीय लिम्बु (छैटौँ सत्र) उपविजेता त्यसरी नै नारी वर्गमा रचना छेत्री (छैटौँ सत्र) विजेता अनि स्नेहा प्रधान (चौथो सत्र) उपविजेता भए ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल वर्गमा राहुल प्रधान (छैटौं सत्र) विजेता र प्रशान्त थापा (दोस्रो सत्र) उपविजेता भए भने नारी एकलमा युडेन तामाङ (दोस्रो सत्र) विजेता र स्नेहा प्रधान (चौथो सत्र) उपविजेता भए। पुरुष युगल वर्गमा राहुल प्रधान उज्ज्वल गुरुङ (छैटौं सत्र) विजेता अनि दोस्रो सत्रका आर्यन तामाङ र सुमित राई उपविजेता भएका थिए भने नारी युगल वर्गमा चौथो सत्रका स्नेहा प्रधान र साध्या गुरुङ विजेता अनि छैटौँ सत्रका नियता जिम्बा( तामाङ) र रचना छेत्री उपविजेता भएका थिए। विभिन्न सत्रका विद्यार्थीहरूमाझ विभिन्न चरणमा भएको भलिबल प्रतियोगिताको फाइनल राउन्डमा चौथो र दोस्रो सत्रका छात्रमाझ भएको खेलमा चौथो सत्रका विद्यार्थीहरु विजयी बनेका थिए भने दोस्रो र चौथो सत्रका छात्राहरुमाझ भएको भलिबल फाइनल खेलमा चौथो सत्र विजयी भएका थिए। खेलकुद प्रतियोगिता २०२५ अन्तर्गत सर्वश्रेष्ठ पुरुष खेलाडी राहुल प्रधान (छैटौँ सत्र) सर्वश्रेष्ठ नारी खेलाडी स्नेहा प्रधान (चौथो सत्र) चयन भए भने खेलकुद प्रतियोगिता २०२५ को च्याम्पियनको रुपमा दोस्रो सत्रका विद्यार्थीहरु घोषित भए। विभिन्न चरणमा सम्पन्न चार दिवसीय खेलकुद प्रतिय‍ोगिताका विभिन्न खेलहरुमा निर्णायकको रुपमा डा.प्रमोद छेत्री, डा. कोमल कौशिक बराल , प्रा विशाल थापा, प्रा. सुशिला बराइली, प्रा. सुवास राई (देवान), प्रा. पार्थ सारथी दास, प्रा. अब्बु सिद्धिकी, पर्वत राई (लाइब्रेरियन) आदि थिए। कलेजको खेल कमिटी एवम् आन्तरिक गुणवत्ता मूल्याङ्कन कमिटी (आइक्युएसी) को संयुक्त तत्त्वावधानमा आयोजित उक्त चार दिवसीय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन सकेकोमा कलेजका शिक्षक प्रभारी डा. रागिनी थापा आइक्युएसीका संयोजक प्रा. पेन्चुला भोटिया, खेल कमिटीका संयोजक प्रा. अनिल कुमार विश्वकर्माले सहभागी सबैलाई धन्यवादसहित कृतज्ञता अर्पण गरेका थिए। चार दिवसीय वार्षिक खेलकुद प्रतियोगितालाई विभिन्न समयमा प्रा. पर्वत रसाइली, प्रा. मेघनाथ छेत्री, प्रा. अनिलकुमार विश्वकर्मा आदिले सञ्चालन गरेका थिए।
सम्पूर्ण विजयी प्रतियोगीहरूलाई प्रमाणपत्र एवं पुरस्कार प्रदान गरिएको थियो भनी प्रा. मेघनाथ छेत्रीले जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement