भारत भोटाङको दह्रो मित्रताको कामना लिई जयगाउँका १४ जना युवक चारधाम यात्रामा

00-79fd6833-e03a-4b4d-aec4-879076f1e78b

कालचिनी: आउँदो२३ सेप्टेम्बरदेखि पर्यटकहरुको निम्ति भोटाङ प्रवेशद्वार खोलिन्दैछ। भोटाङ प्रवेशद्वार खोलिने कुराले यसघरि सीमान्त सहर जयगाउँ बासिन्दाहरुमा एकप्रकारको उत्साह छाएको छ। कोरोना महामारीको कारण विगत २०२० देखि अनिश्चितकालीन बन्द रहेको थियो भोटाङ प्रवेशद्वार। भोटाङसितको अन्तर्राष्ट्रीय व्यापार वाणिज्य साथै आयात निर्यातको महत्वपूर्ण जयगाउँ फुन्छोलिङ दीर्घ २ वर्षयता बन्द रहँदा डुवर्सको अलिपुरद्वार जिल्लाको वाणिज्यिक शहर जयगाउँ खङरङ सुक्दै आइरहेको थियो।

तर दुई वर्षको कठोर लकडाउन पश्चात भोटाङ अब खोलिने भएकोले जयगाउँ बासिन्दाहरुमा पनि एउटा आशाको किरण छाउन थालेको छ। अब आउँदो २३ सेप्टेम्बरदेखि भोटाङ प्रवेशद्वार खोलिने कुराले हर्षित बन्दै एवम् भारत भोटाङबीचको मित्रता अझै प्रगाढ़ बनोस र दुवै देशबीच सहज आउजाउ कायम रहोस् भन्ने कामना लिएर जयगाउँका १४ जना युवकहरुले गत ३ सेप्टेम्बरको दिनबाट चारघाम यात्रा शुरु गरेका छन्। यस क्रममा १४ जना युवकहरु केदारनाथ, बद्रीनाथ, हरिद्वार र ऋषिकेश हुँदै खाटु श्याम बाबाको दर्शन गर्दै जयगाउँ फर्कने तयारीमा रहेको जान्नमा आएको छ। हातमा भारत र भोटाङको झण्डा लिएर १४ जना युवकहरुले दुवै देशको एकता र भाईचाराको नारा लगाएको र आगामी दिन दुवै देशको निम्ति सार्थक बनोस भन्ने ध्येय राखेको टोलीका सदस्य नितेन्द्र सिंहले जनाएका छन्। उक्त टोलीमा नितेन्द्र सिंहलगायत दीपक जयसवाल, राजन जयसवाल, सुजीत जयसवाल, आकास अग्रवाल, आकास प्रसाद, प्रभात जयसवाल, सोमेन साहा, अखिलेश साह, विजय मण्डल, पिन्टु कश्यप, अमित प्रसाद, राहुल जयसवाल र आशिक आदि रहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement