खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय अध्यक्ष अनित थापाले पार्टीको सङ्गठनलाई विस्तार गर्न अनि पार्टीको कार्यलाई प्रभावशाली बनाउन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको संयोजकको रुपमा सभासद प्रणाम रसाइलीलाई संयोजकको रुपमा नियुक्त गरिएको छ। यो नियुक्ति तत्काल समयदेखि लागू हुने पनि विज्ञप्तिमा जनाइएको छ। तीनधारे महानदी समष्टिको संयोजकमा सभासद प्रणाम रसाइलीलाई संयोजकको रुपमा नियुक्त गरिएको विषयमा प्रतिक्रिया दिन्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले नवनियुक्त संयोजक प्रणाम रसाइलीलाई स्वागत छ भनी बताएका छन् उनले तीनधारे महानदी समष्टिमा संगठनको काम लागातार रुपमा चलिरहेको नै छ अनि नयाँ संयोजकको चयनले झनै पार्टीमा नयाँ ऊर्जा प्राप्त हुने बताएका छन्। यसरी नै बिन्नी शर्मालाई सुकना पानीघट्टा समष्टिकाे संयोजकको रुपमा नियुक्त गरिएको जानकारी प्राप्त भएको छ।